मुक्तिनाथ विकास बैंकको वार्षिक उत्सवमा अनाथालय र आश्रमलाइ सहयोग

मुक्तिनाथ विकास बैंकको वार्षिक उत्सवमा अनाथालय र आश्रमलाइ सहयोग

इलामः मुक्तिनाथविकास बैंक लि.ले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । बैंक स्थापनाको दिनपारेर विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु सम्पन्नगरेको छ ।
यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ता कपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मतसम्भारखर्च, पिउने पानी शुद्धीकरण मेसिनहस्तान्तरण, गौशाला संरक्षणका लागिआर्थिक सहयोग तथाकाठमाडौं महानगरपालिका वडा नं. १,महानगरीय प्रहरी वृत्त (सामुदायिकशाखा) कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैचानिर्माणमा सहयोग गरेको छ ।
साथै, बैंकले यसै उपलक्ष्यमा कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहनगर्न भिसा कन्ट्याक्टलेस डेविट कार्ड संचालनमाल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन(एन.एफ.सी.) मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पिओएस टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।