डिडिसीले समयमा भुक्तानी नदिदा इलामका दुग्ध उत्पादक किसान समस्यामा

डिडिसीले समयमा भुक्तानी नदिदा इलामका दुग्ध उत्पादक किसान समस्यामा


सविता पाण्डे इलाम असार १३

दुध बेचेको पैसाले घर खर्च चलाउदै आएका किसानलाई नियमित भुक्तानी नहुदा समस्या भएको इलाम नगरपालिका ५ का गाईपालक किसान चन्द्र घिमिरे बताउनु हुन्छ । कोरोना कहरको बेला अन्य कृषि उपज विक्री नभएका बेला दुधको भुक्तानी नियमित नहुदाँ गुजारा चलाउन समस्या भइरहेको घिमिरेले बताउनु भयो । उहाँ भन्नु हुन्छ ‘भुस पिठो खुवाउन पैसा नभए नि ऋण काडेर भएपनि खुवाउनै प¥यो नखुवाएर हुदैन ’ ‘गाह्रो भयो नियमित रुपमा दुधको पैसा नपाउदा ’उहाँ थप्नु भयो ।
दुग्ध विकास संस्थान विराटनगरले किसानको फागुन, चैत, वैशाख र जेठ महिनामा विक्री गरेको दूधको मूल्य भुक्तान गर्न बाँकी छ । यसबाट गाईपालन बाटै गुजारा चलाउने परिवार सबै भन्दा बढी मारमा परेका छन । चार महिनादेखि भुक्तानी नपाउदा गाईवस्तुलाई भुस पिठो किनेर खुवाउन पर्ने हुदा बन्दाबन्दीमा झन समस्या भइरहेकोले दोहोरो मारमा परेको गाई पालक किसान बताउछन । कोरोना महामारीका बेला गुजारा चलाउन समस्या भएको भन्दै समयमा भुक्तानी गर्न राष्ट्रिय कृषक समूह महासंघले सरकार सँग पाँच बुदे माग अघि सारेको छ । दूध बेचेरै घर चलाउनु पर्ने किसानको समस्या सरकारी आयोजनाले नबुझेको भन्दै तत्काल समाधान गर्नु पर्ने राष्ट्रिय कृषक समूह महासंघका जिल्ला अध्यक्ष विष्णुप्रसाद दुलालले बताउनु भयो । ‘किसानको दैनिकीमा कति फरक परेको छ नि बखाद्यन्न मसला किन्न समेत समस्या भएको छ’ उहाँले भन्नु भयो । ‘नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले समयमा भुक्तानी नदिदा ठुलो मार पर्छ समयमा भुक्तानी होस सरकारको ध्यान पुगोस ’भन्नु भयो ।
संस्थानले इलामको सात संकलन स्थान बाट दैनिक २५ हजार लिटर बढी दुध संकलन गरी विराटनगर पुर्याउछ । संकलित दूध र दुधको परिकार २५ प्रतिशत मात्र विक्री हुने गरेको र बाकी स्टक राख्नु परेको संस्थानले जानएको छ । कोरोना संक्रमणको कारण निशेषत्राज्ञामा दुध र दुधको परिकार विक्री कम भएकोले भुक्तानीमा समस्या भएको दुध वितरण आयोजना विराट नगरका प्रमुख गणेश यादवले बताउनु भयो । ‘उत्पादन जस्ताको तस्तै तर मार्केट घटेको छ ’उहाँले भन्नु भयो । अहिले पाउडर र मख्खन बन्ने गरेको छ ती दुधका परिकार विक्री न्युन छ त्यसैले भुक्तानीमा समस्या छ । ‘भुक्तानी नियमित दिइरहेका छौ केही महिनाको ढिलो भएको मात्र हो ’उहाँले भन्नु भयो ।
इलामका दुग्ध उत्पादक किसाले विकी गरेको दुधको मुल्य नियामित नपाउदा समस्या भएको बताएका छन ।यस अघि संस्थाले १५÷२० दिनमा दूधको मूल्य भुक्तान गरिरहेको थियो । अघिल्लो वर्ष लकडाउन भएदेखि यता भुक्तानी नियमित हुन नसकीरहेको किसान बताउछन । सरकारले किसानको समस्या तत्काल समाधान गर्नु पर्ने किसानहरुको माग छ । सरकारी स्वामित्वमा रहेको संस्थानले मात्र दुधको मुल्य नियमित नदिएको किसान बताउछन । सरकारले विशेष व्यवस्था गरेर भएपछि किसानको दुधको भुक्तानी नियमित गर्नु पर्ने बताएका छन ।