सिमावर्ती बजार सुनसान

सिमावर्ती बजार सुनसान


पशुपतिनगर : लाखौं रुपँयाको कारोबार हुने पशुपतिनगर नाका दशैको समयमा पनि सुनसान छ । पहिले पहिले एक महिना देखि भारतीय ग्राहकले भरीने पशुपतिनगरमा यस पटक सुनसान बनेको हो ।
“यो भिडभाड हुने सिजन हो तर सुनसान छ ।” स्थानीय व्यपारी जि आर खड्काले बताए । दशैको समयमा राती नौ बजे सम्म भिडभाड हुने बजारमा दिनभरीमा पनि बोहोनी नहुने गरेको बताए । र्
दार्जीलीङबाट दैनिक आउने सयौं भारतिय पर्यटकहरु पशुपतिनगर आएर कपडा, जुत्ता कष्मेटिक सामाग्री खरिद गर्ने र यसबाट लाखौंको कारोबार हुने गरेको थियो । सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । उनले भने “हाम्रो लागी दशककै सबैभन्दा खराब सिजन बन्यो यो बर्ष ।”
भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यपारीहरुको कारोबार हुने पशुपतिगनर बजारमा भारत तर्फको भन्सारले आयात निर्यातको कारोबार नगर्दा व्यापरिको कारोबार पनि ठप्प छ । भारतीय पक्षले भन्सारको कारोबार नगर्दा नेपालका उत्पादन बैधानिक रुपमा भारत तर्फ निकासी हुन सकेको छैन ।
सुर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भने ‘गत वर्ष यो अवधीमा दैनिक ५० लाखको े कारोबार हुने व्यपारीक केन्द्रमा अहिले मुस्किलले १० लाखसम्मको कारोबार हुने गरेको छ ।’
२०३६ सालमा स्थापना भएको पशुपतिनगर बजारमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यपारी र सर्वसाधारण हुने गरेका थिए ।
चीनबाट सोझै सामानहरु भारतका विभिन्न सहरहरुमा जाने गरेकाले पनि पशुपतीनगरको व्यपार घट्न थालेको संघका अध्यक्ष प्रमोद राईले बताए । उनले चीनले नुथला बोर्डर हुँदै भारत तर्फ आफना उत्पादन हुँदै निर्यात गर्न थालेपछि पशुपतिनगर बजार थलिन थालेको हो ।
पशुपतिनगरमा व्यपार गर्ने ७ सय व्यपारीहरुमध्ये अहिले ३५० हाराहारीमा मात्र व्यपारीहरु पशुपतीनगरमा छन । व्यपार सुक्दै जाँदा अधिकाँश व्यपारीहरु विस्थापित भइ भारतको सिलिगुडी, काठमाण्डौ, विराटनगर, विर्तामोड लगायतका सहरहरुमा जाने गरेका छन ।
इलाम, पाँचथर र ताप्लेजुङ्ग क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारत तर्फ अध्यागमन, प्लान्ट क्वाराइन्टेन खोल्न पहल गर्न सरकारलाई आग्रह गरेपनि सुनुवाई नभएको अध्यक्ष राईले बताए ।