logo
  • २०८३ जेष्ठ २४, आईतवार | Sun, 07 Jun 2026
  • महासंघको सिफारिसमा कृषि बैंकले बिनाधितो ऋण दिने

    महासंघको सिफारिसमा कृषि बैंकले बिनाधितो ऋण दिने

    काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ ।

    उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका हुन् ।
    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समूह तथा कृषि सहकारीमा आबद्ध विशेष गरी सिमान्तकृत, भूमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बताएका छन् । महासंघका अध्यक्ष बस्नेतले अब महासंघको सिफारिसमा किसानले कर्जा पाउने सहमति भएको छ ।



    निगरानी    
  • २०७६ पुष १७, बिहीबार १४:२४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP