logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • आइतबारेमा विहीबार देखि फुटबल

    आइतबारेमा विहीबार देखि फुटबल

    फिक्कल ः इलामको सूर्योदय नगरपालिका ११ आइतबारेमा विहीबार देखि १६ औ संस्करणको आइतबारे रनिङ्ग ट्र्फि खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

    चेलिबेटी बेचविखन, लागु औषध र एचआइभी एड्स विरुद्ध जनचेतना जगाउने उदेश्य सहित आइतबारे युवा क्लवले आियोजना गर्न लागेको प्रतियोगितामा इलाम र झापाका १६ टिम सहभागि हुने आयोजकले जनाएको छ ।

    २०५८ सालमा स्थापित आइतबारे युवा क्लब सामाजिक कार्यमा सकृय छ । खेल र खेलाडीको सर्वाङ्गिण विकाशमा सहयोग गर्ने हेती सहित प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष खड्ग प्रसाद दहालले बताए ।

    सोहि अवसरमा फाइनल खेलको दिन दन्त,हाड जोर्नी तथा नसा र सुगर, पेशर सम्बन्धी शिविर र निशुल्क औषधि वितरण गरिने क्लबले जनाएको छ ।

    विरेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुरु हुने प्रतियोगिताका विजेताले असी हजार नगद सहित ट्रफि पाउने छन् दोस्रो हुनेले ५० हजार रुपयाँ सहित ट्रफि हातपार्ने आयोजकले जनाएको छ ।



    निगरानी    
  • २०७६ पुष २८, सोमबार ०३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP