आइतबारेको उपाधि खुदुनाबारीलाई

सूर्योदय नगरपालिका ११ को आइतबारे युवा क्लबको आयोजनामा बिरेन्द्र मा बि आइतबारेको खेल मैदानमा सम्पन्न १६ औ आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको उपाधी खुदुनाबारी स्पोर्टिङ क्लब अर्जुनधारा झापाले जितेको छ।

आज सम्पन्न फाइनलमा जनता सेभेन फिक्कल लाई १ का बिरुद्द २ गोल गर्दै खुदुनाबारीले उपाधी हात पारेको हो ।बिजयी टिमकालागी विशाल खवासले खेलको ६ र २८ मिनेटमा २ गोल गरेका थिए । उपविजेता जनता सेभेनका लागि सुमन राईले खेलको ४२ औ मिनेटमा १ गोल गरेका थिए।

उपाधी सगै खुदुनाबारीले नगद ८० हजार र ट्रफी मेडल कार्यक्रमका प्रमुख अतिथी डम्बर खड्का र आइतबारे युवा क्लबका अध्यक्ष खड्ग प्रसाद दाहालले बितरण गरे । जनता सेभेनलाई नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र दोस्रो पुरस्कार दाता डिल्लिराम आचार्य ,क्लबका सचिब उमेश प्रधानले प्रदान गरे ।

फाइनल खेलको म्यान अफ द म्याच खुदुनाबारिका विशाल खवास,प्रतियोगिताको उत्कृष्ट खेलाडी जनता सेभेनका अर्जुन गुनुङ,उत्कृष्ट गोलकिपर टि वाइ सि तिनघरेका सर्जन लिम्बू,सर्बाधिक गोलकर्ता खुदुनाबारीका विशाल खवास र जनता सेभेनका सचिन यल्मु संयुक्त र फेयर प्ले अवार्ड आहाले सेभेनले प्राप्त गरे।

उपाधी फाइनल खेलको अवसरमा नेशनल डेन्टल केयर सेन्टरका डाक्टर द्वारा दात,र इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टरका विशेषज्ञ डाक्टर द्वारा हाडजोर्नी,सुगर प्रेसर लगाएत रोगको परिक्षण गरिएको थियो । समापनमा जग्गा दाता स्व मनोज प्रधानकी श्रीमती रजिता प्रधानलाइ सम्मान पत्र र दोसल्ला द्वारा सम्मान गरिएको थियो भने सहयोगी दाताहरुलाइ सम्मन पत्र र प्रसंशा पत्रले सम्मानित गरिएको थियो