logo
  • २०८३ जेष्ठ ११, सोमबार | Mon, 25 May 2026
  • कन्याम क्षेत्रको व्यवस्थापनबारे छलफल

    कन्याम क्षेत्रको व्यवस्थापनबारे छलफल

    कन्याम ।नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघ र चिया विकास निगम कन्यामको व्यवस्थापन विचमा कन्यामको पिकनिक क्षेत्र व्यवस्थापन लगायतका विषयमा छलफल सम्पन्न भएको छ
    संघको आयोजनामा कन्याममा भएको छलफलमा मेची राजमार्ग क्षेत्रका ट्रली व्यवस्थापन, पर्यटकीय क्षेत्र र पिकनिक क्षेत्रको पहिचान र भौतिक पुर्वाधार निर्माण, ट्रेकिङ गाइडको व्यवस्था र फोहोर व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको संघले जनाएको छ ।
    निगमका प्रवन्धक आइ के सिंह, संघका नगर अध्यक्ष लेखराज निरौला सहितको छलफलमा कन्याम क्षेत्रमा पर्यटकिय आकर्षण थप गर्ने विषयमा समेत छलफल भएको संघले जनाएको छ ।
    यस अघि पनि संघले कन्याम क्षेत्रमा ट्रलि व्यवस्थापन र व्यवसायीका हितका लागि आवाज उठाउदै आएको छ ।



    निगरानी    
  • २०७६ माघ २५, शनिबार १६:०५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP