logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • आज३८ औ बिपी स्मृति दिवस, इलाममा विविध कार्यक्रम सम्पन्न

    आज३८ औ बिपी स्मृति दिवस, इलाममा विविध कार्यक्रम सम्पन्न

    इलाम, साउन ६
    नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी (विश्वेश्वर प्रसाद ) कोइरालाको ३८ औ स्मृति दिवस मंगलबार इलाममा मनाइएको छ । इलाम नगरपालिका ७ सिलिखान स्थित विपी पार्कमा रहेको विपीको शालिकमा माल्र्यापन र स्मृति सभाको आयोजना गरी विपिको योगदान बारे चर्चा गरिएको छ ।
    नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामको आयोजनामा भएको कार्यक्रममा जननायक विपि ले देखाएको लोकत्रान्तिक मार्गमा हिडन कांग्रेस क्रियाशील हुनुपर्नेमा जोड दिएका छन । गुट उपगुटले पार्टीलाई कहिले पनि अगाडि नबढाउने भएकोले सवै कार्यकर्ता सचेत हुन आवश्यक रहेको बताएका छन ।
    सभामा विष्णु दहाल महासमिति सदस्य , वेनुपराज प्रसाई , हरि खनाल , केशव थापा र हिमालय कर्मचार्यले विपीको योगदानको चर्चा गदै एक ढिका भए पार्टीलाई अघि बढाउनु पर्ने बताएका छन ।
    सोही अवसरमा इलामको कर्मचारी मिलन केन्द्रमा इलाम नगरपालिका १२ वटै वडाका सभापतिहरुलाई क्रियाशीलको नयाँ सदस्यता फारम र नविकरण फारम हस्तान्तरण गरिएको छ ।
    नेपालका प्रथम जन निर्वाजित प्रधानमन्त्री तथा साहित्यकार विपि कोइरालाले प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । राजनिति सँगै साहित्यमा पनि महत्वपुर्ण योगदान पुर्याएका कोइरालाले नेपाली साहित्यमा मनोवैज्ञानिक कथाहरुको नयाँ प्रयोग गरेका थिए । कोइरालाको १९७१ भदौ २४ गते जन्म भएकोे थियो भने २०३९ साल साउन ६ गते आजकै दिन निधन भएको थियो ।



    निगरानी    
  • २०७७ श्रावण ६, मंगलवार ११:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP