इलाम : इलाममा सेनिटेरी प्याड बनाउने तालिम आइतबार सम्पन्न भएको छ । इलाम उद्योग वाणिज्य संघ महिला उद्यमी विकास ईकाइको आयोजनामा असार १७ गते सुरु भएको सेनिटेरी प्याड बनाउने तालिममा इलाम नगरपालिकाको १२ वटा वडाका महिलाहरुको सहभागिता रहेको थियो । महिला स्वास्थ्य तथा वातावरण मैत्री बनाउनको लागि घरेलु प्याड बनाउन तालिम आयोजना गरिएको इलाम उद्योग वाणिज्य संघ महिला उद्यमी विकास ईकाइकी अध्यक्ष अनुजा सुवेदीले बताउनु भयो । समापन कार्यक्रमको प्रमुख अतिथि इलाम नगरकी उपमेयर विष्णु दहाल लिम्बुले यसरी प्याड उत्पादन गर्ने व्यवसायीलाई नगरले सहयोग गर्ने बताउनु भएको छ ।