सरकारले चाहेर कोशी नाम परिवर्तन हुँदैन : एमाले

सरकारले चाहेर कोशी नाम परिवर्तन हुँदैन : एमाले

विराटनगर : नेकपा एमालेले सरकारले चाहेर कोशी प्रदेशको नाम परिवर्तन नहुने बताएको छ । आइतबार बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले नाम परिवर्तन नहुने निष्कर्ष निकालेको हो ।

दलको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशको नाम परिवर्तन गर्ने विषय सरकारले चाहेर नहुने बताए ।

आन्दोलनरत पक्ष संवैधानिक कुरा मान्छौं भनेर आए वार्तामा बस्न सकिने भण्डारीले बताए । उनले भने, ‘प्रदेशसभाले संवैधानिक र कानुनी प्रक्रिया अवलम्बन गरेर गरेको विषयमा हेरफेर वा परिर्वतन संवैधानिक र कानुनी हिसाबले मात्र सम्भव हुन्छ ।’

कोशीको विकल्वमा अरु नाम छैन भन्नेमा दलको बैठक एक देखिएको उनको भनाइ छ । संविधान र कानुनको प्रक्रियामा रहेर उपाय खोज्न वार्ता हुन सक्ने भए पनि नाम परिवर्तनको सम्भावना नरहेको भण्डारीले बताए ।

प्रतिक्रिया