इलाम: राष्ट्रिय कृषक समूह महासंघ इलामले कोभिड १९ को प्रकोपका विचमा पनि जिल्लाका दशै स्थानीय तहलाई इमेल मार्फत ज्ञापन पत्र बुझायो । तर नीति कार्यक्रम र बजेटमा महासंघका कुरा अधिकांसमा नपरेको महासंघका जिल्ला सचिव गणेश खड्का बताउँछन् ।
उनले भने ‘कतीपयलाई भेटेरै ज्ञापन बुझाउँदा समेत वास्ता गरेनन् ।’ उनका अनुसार महासंघले किसानको पहिचान, वर्गिकरण र किसान परिचयपत्र वितरणको लागि तथ्यांक ब्यवस्थापन र परिचय वितरणका लागि काम शुरु गर्न माग गरेको छ । स्वच्छ र दिगो कृषि उत्पादनको लागिएक घर एक पोषण बगैंचाकार्यक्रम, गोठ तथा भकारो सुधार मार्फत प्रांगारिक मल उत्पादन कार्यक्रम अघि बढाउन माग गरेको छ । महासंघले गरिव तथा भूमिहिन परिवारको लागिजग्गा भाडामा लिई गरिने खेति कार्यक्रम अघि सार्न समेत आग्रह गरेको उनले बताए । कृषि पेशाको जोखिम हस्तान्तरणको लागि स्थानीय तहको समेत लागत सहभागितामा अनिवार्य बालीतथापशु बिमाको कार्यक्रमगर्न समेत महासंघको माग छ । खड्काका अनुसार सहुलियत ब्याजदरको कृषि ऋणको उपयोगिताको अवस्था अविलम्ब अनुगमन मूल्यांकन गरी उक्त ऋण माथि भूमिहिन, महिला, साना र सिमान्तकृत किसानको पहुँच स्थापना गर्ने कार्यक्रम अघि सार्न महासंघले आग्रह गरेपनि तह सरकारले सुनेन । महासंघका अध्यक्ष भन्छन् ‘कृषकबाटै उठेका सवाल सरकार समक्ष पु¥याउने प्रयास गरेपनि तह सरकारले सुनेन ।’
प्रतिक्रिया