logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल

    इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल


    इलाम :
    इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण (चेतनाथ) पौडेल निर्वाचित हुनुभएको छ । संघको ९ औँ अधिवेशनमा निवर्तमान अध्यक्ष इश्वर चिपालुलाई एक सय ५६ मतले पछि पार्दै पौडेल निर्वाचित हुनुभएको हो । पौडेलले तीन सय ६४ मत प्राप्त गर्नुभएको छ भने चिपालुले दुई सय आठ मत प्राप्त गर्नु भएको हो ।
    वरिष्ठ उपाध्यक्ष पदमा दिपेश श्रेष्ठ निर्वाचित हुन भयो । अर्का उम्मेद्धार प्रविण श्रेष्ठलाई दुई सय ६१ मतले पछि पार्दै श्रेष्ठ निर्वाचित हुनु भएको हो । श्रेष्ठले चार सय ८ मत प्राप्त गर्नु भयो भने प्रविण श्रेष्ठले एक सय ४७ प्राप्त गर्नु भएको छ । उद्योग उपाध्यक्ष तर्फ श्री विष्टले तीन सय ४ मत सहित विजयी हुनुभएको छ भने निकटम प्रतिस्पर्धी प्रेम सापकोटाले दुई सय ४७ प्राप्त गर्नु भयो ।

    वाणिज्य उपाध्यमा बालबुमार श्रेष्ठ निर्वाचि हुनुभएको छ ।श्रेष्ठको निकट्म प्रतिस्पर्धी देवी पौडेलको बराबारी (१९४) मत प्राप्त गरेपछि गोलाप्रथाद्धारा श्रेष्ठ विजयी बन्नु भएको हो । महिला उपाध्यक्षमा दिब्य भट्टराईले दुई सय ७५ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । निकटम प्रतिस्पर्धी खिना बस्नेतले दुई सय ७० मत प्राप्त गर्नु भयो । महासचिव पदमा हेमन्त गौतम र कोषाध्यक्षमा पदमा सन्तोष भक्तराज निर्विरोध निर्वाचित हुनु भएको छ ।
    सचिवमा सुमन दासले दुई सय ६७ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँका प्रतिष्पर्दी रामचन्द्र नेपालले १ सय ७९ मत प्राप्त गर्नु भयो । खुल्ला सदस्यहरुमा पदमा समेत धर्मेन्द्र सुवेदी, हिमाल बस्नेत, नितेस खत्री, दिपेश खत्री र दिनेश महत निर्विरोध हुनु भएको छ ।



    निगरानी संवाददाता    
  • २०७९ फाल्गुन १६, मंगलवार १६:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP