इलाम: नेपाल ट्रेड युनियन कांग्रेस इलामको आइतबार सम्पन्न बैठकले जिल्ला कार्यसमितिमा पाँच जनालाई मनोनीत गरेको छ ।
बैठकले समितिको सहकोषाध्यक्षमा भिमाकुमारी लिम्बु, सदस्यमा डिल्लीराम खतिवडा, रमेश गौतम, तुलसी एवा र श्रीबहादुर कटुवाललाई मनोनीत गरेको सचिव ढाकाराम न्यौपानेले जानकारी दिए ।
बैठकले जिल्लाका दश पालिकामा अधिवेशन गराएर स्थानीय समिति निर्माण गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशन तयारीका लागि दशवटै पालिकामा संयोजक तोकेको छ । बैठकले भुकम्प प्रभावित क्षेत्रमा जिल्लाभरका श्रमजिवीको तर्फबाट नगद राहत उपलव्ध गराउने निर्णय गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका कोशी प्रदेश समितिका खुल्ला सहसचिव हरीनाथ फूएलको उपस्थितीमा भएको बैठकले सम्बद्ध संघहरुको जिल्ला अधिवेशन सम्पन्न गर्न सहजिकरण गर्ने निर्णय गरेको छ । जिल्ला अध्यक्ष जीवन कुमार सुवेदीको अध्यक्षतामा भएको बैठकले स्थानीय सरकारसंग मिलेर श्रमिकका समस्या समाधान गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया