logo
  • २०८२ चैत्र ३, मंगलवार | Tue, 17 Mar 2026
  • दोस्रो सिजन मिस भ्याल्ली आईकनको ट्यालेन्ट राउण्ड सम्पन्न

    • निगरानी
    • २०७६ कार्तिक १०, आईतवार ०९:२१ गते
    दोस्रो सिजन मिस भ्याल्ली आईकनको ट्यालेन्ट राउण्ड सम्पन्न

    मिस भ्याल्ली आईकनको दोस्रो सिजनको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।
    क् वेष्ट इभेन्ट मनेजमेन्टको आयोजनामा सम्पन्न भएको उक्त सोमा १३ जना प्रतिस्पर्धीले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हन् । क् वेष्ट इभेन्ट मनेजमेन्टले पहिलो सिजनको सफलतापछि दास्रो सिजन सुरु गरेको हो । मिस भ्याल्ली आईकनको दोस्रो सिजनको यहि कार्तिक २३ गते फिनाले हुने आयोजक बिकाश श्रेष्ठले बताए ।

    शनिबार राजधानीमा भएको ट्यालेन्ट सोमा एलिना थापा मगर, श्रृष्टि रिमाल, अनुपा गिरी, भबिना कौचा मगर, बिनिता थापा, बिन्दु शाही ठकुरी, प्रतिमा बलामी, रेश्मा तामाङ, तारा महर्जन, एलिशा श्रीस, प्रज्वलीका गिरी, जानुका बुढाथोकी र निशा लिम्बुले आफ्नो कला प्रस्तुत गरेका थिए । मिस भ्याल्ली आईकनको पहिलो सिजनमा सिवानी भट्टराई बिजेता बनेकी थिइन् ।

    मिस भ्याल्ली आईकन २०१९ को ट्यालेन्ट सोमा मेकप आर्टिष्ट अमृत मरठ्ठा, कोरियोग्राफर अनुप डङ्गोल, मिस भ्याल्ली आईकन पहिलो सिजनकी बिजेता सिवानी भट्टराई, कलाकार उद्बब गुप्ता र टेलिभिजनकर्मी रोहन श्रेष्ठ निर्णायकको भुमिकामा थिए । डेभिड पाण्डे र सशी नेपालले कार्यक्रमको संचालन गरेका थिए ।



    निगरानी    
  • २०७६ कार्तिक १०, आईतवार ०९:२१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP