logo
  • २०८१ फाल्गुन ६ | Tue, 18 Feb 2025
  • इलाममा लासाङ तामाङको अध्यक्षतामा नर्सरी व्यवसायी संघ गठन

    इलाम : इलामका नर्सरी व्यवसायीहरुको भेलाले पुष्प व्यवसायी लासाङ तामाङको अध्यक्षतामा नर्सरी व्यवसायी संघ नेपालको इलाम जिल्ला समिति गठन गरेको छ ।
    भेलाले समितिको उपाध्यक्षमा युवराज पौड्ल, सचिवमा सुजन तामाङ, कोषध्यक्षमा मुना ढकाल (भट्टराई) लाई चयन गरेको छ । भेलाले समितिको सदस्यामा पवित्रा चौधरी, सुष्मिता गिरी, खड्ग बहादुर राई, संजय राई, सन्तोष खापुङ, दिनेश राई र सुवास राई चौरासेलाई चयन गरेको छ ।

    सूर्योदय नगर उद्योग वाणिज्य संघका महासचिव तोयानाथ भट्टराईको प्रमुख आतिथ्यमा सूर्योदय नगरपालिकामा सम्पन्न भेला संघका केन्द्रिय अध्यक्ष रामजी प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा संघका केन्द्रिय कोषाध्यक्ष विराज खड्का, केन्द्रिय सदस्य रोशन श्रेष्ठ, सरोन श्रेष्ठ लगायतको उपस्थिती थियो ।
    भेलालाई सम्बोधन गर्दै संघका केन्द्रिय अध्यक्ष तिमिल्सीनाले संघले नर्सरी व्यवसायीको पक्षमा पैरवी र व्यवसायीको व्यवसाय प्रवद्र्धनका कामहरु गर्दै आएको बताए । संघले पुष्प तथा पुष्पजन्य नर्सरी, फलफुल नर्सरी, कृषि तथा वन नर्सरीको प्रवद्र्धन र विकासमा काम गरिरहेको अध्यक्ष तिमिल्सीनाले जानकारी दिए ।
    सूर्योदय नगर उद्योग वाणिज्य संघका महासचिव भट्टराईले संघले व्यवसायीहरुको वास्तविक प्रतिनिधिको रुपमा काम गर्नुपर्ने बताए । उनले भने ‘संघले व्यवसायीको हितका लागि चाल्ने हरेक कदममा उद्योग वाणिज्य संघको साथ रहने छ ।’
    संघका कोषाध्यक्ष खड्काले नर्सरी उत्पादकहरुलाई जोड्ने पुलको रुपमा समेत संघले काम गरिरहेको बताए । संघले इलाम सहित ६ जिल्लामा शाखा विस्तार गरिसकेको जानकारी दिएको छ ।

    TOP