logo
  • २०८३ बैशाख ११, शुक्रबार | Fri, 24 Apr 2026
  • डिफेन्डिङ च्याम्पियन एनआरटी इलाम गोल्डकपको उपाधी होडमा

    • निगरानी
    • २०८३ बैशाख १०, बिहीबार २२:३४ गते
    डिफेन्डिङ  च्याम्पियन एनआरटी इलाम गोल्डकपको उपाधी होडमा

     

    सविता पाण्डे , इलाम , १० बैशाख :

    डिफेन्डिङ च्याम्पियन  न्युरोड टीम (एनआरटी) इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । रोलिङ क्लब धुलाबारी झापालाई टाइब्रेकरमा  ४-३   ले पराजित गर्दै एनआर्टी उपाधी होडमा पुगेको हो । 

    निर्धारित समयमा १- १ गोलको बराबरी भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 

     एनआरटीका बिज्ञान खड्काले खेलको पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरे  । रोलिङ क्लबका लागि खेलको ८१ औ मिनेटमा फागुराम चौधरीले १ गोल गरी खेल बराबरी बनाए ।  पहिलो हाफ एनआटीले दबाबमा राखे पनि दोस्रो हाफमा खेल प्रतिस्पर्धात्मक बन्यो ।  रोलिङले पटक पटक गोल गर्ने सक्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।आजको प्लेयर अफ द म्याच एनाआरटीका गोलरक्षक बिशाल सुनुवार बने ।उनले नगद ८ हजार एकसय सहित ट्रफी प्राप्त गरे ।
    बुधबार सम्पन्न खेल बाट मच्छिन्द्र फुटबल क्लब काठमाडौ उपाधी होडमा पुगीसकेको छ । अब उपाधीको लागि मच्छिन्द्र र एनआरटी मैदानमा उत्रने छ्न ।

    रेडहर्स फुटबल क्ल्बको आयोजनामा इलाम स्थित ठूलो टुडिखेलमा जारी प्रतियोगिताको विजेताले नगद  १० लाख र उपविजेताले नगद  ५ लाख प्राप्त गर्नेछन् । बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताको  १२ गते फाइनल खेल हुनेछ  ।



    निगरानी    
  • २०८३ बैशाख १०, बिहीबार २२:३४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP