logo
  • २०८३ बैशाख १२, शनिबार | Sat, 25 Apr 2026
  • मच्छिन्द्र तेस्रो इलाम गोल्डकपको च्याम्पियन

    मच्छिन्द्र तेस्रो इलाम गोल्डकपको च्याम्पियन


    सविता पाण्डे , इलाम ,१२ बैशाख: मच्छिन्द्र फुटबल क्लबले इलाम गोल्डकपको  उपाधि हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टीम एनआरटी लाई पराजित गर्दै एनआरटीलाई २–० गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको हो ।
    पहिलो हाफ गोल रहित बराबरी रहेकोे खेलमा
    दोस्रो हाफको दोस्रो मिनेटमै मच्छिन्द्रका सौरभ सुब्बाले खाता खोले  । पहिलो गोल गरेकोबतीन मिनेटपछि मिलन चाम्लिङले अर्को गोल थप्दै मच्छिन्द्रको जीत सुनिश्चित गरे । 

    तेस्रो संस्कणको उपाधिसँगै मच्छिन्द्रले नगद रु १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने  उपविजेता बनेको एनआरटीले नगद रु ५ लाख प्राप्त गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाका  केदार थापाले पुरस्कार बितरण गर्नु भयो ।
    फाइनल खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका प्रदीप बुढाथोकी घोषित भए । उनले नगद रु ८ हजार १ सय प्राप्त गरे ।
    व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका प्रदीप भण्डारी, उत्कृष्ट डिफेन्डर एनआरटीका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका युवराज ढकाल, सर्वाधिक गोलकर्ता मच्छिन्द्रका मिलन चाम्लिङ र उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुवाल घोषित भए । उनीहरूले जनही रु १५ हजारसहित ट्रफी प्राप्त गरे ।
    उदयमान खेलाडी रेडहर्षका विवेक सुनाम घोषित भए । उनले नगद रु २५ हजारसहित ट्रफी प्राप्त गरेका छन  । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका सनिस श्रेष्ठ घोषित भए । उनले नगद रु ५१ हजारसहित ट्रफी प्राप्त गरे ।
    रेडहर्ष फुटबल क्लबको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।यसैबीच रेडहर्ष फुटबल क्लब द्वारा स्थपित इलाम गोल्डकप पत्रकारिता पुरस्कार बाट इलामका पत्रकार भगीरथ भण्डारी पुरस्कृत भएका छन । रेडहर्ष फुटबल क्लब इलामद्वारा स्थापित इलाम गोल्डकप पत्रकारिता पुरस्कारबाट पत्रकार   भगीरथ भण्डारी सम्मानित भएका छन ।



    निगरानी    
  • २०८३ बैशाख १२, शनिबार २०:०३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP