चितवनः चितवनको होटल सेन्टर पार्कमा आयोजित दुई दिने नेपालमा महिलाहरुको लागि क्षमता विकास तालिम बुधबार सम्पन्न सम्पन्न भएको छ ।
क्यावी इन्टनेशनल र राष्ट्रिय आई पी एम कृषक समिति नेपालको आयोजनामा भएको तालिममा देशभरिबाट १८ जना कृषक प्रशिक्षकहरू सहभागी थिए । तालिममा सहभागीहरूले डिजिटल उपकरण र परामर्श सेवा कसरी प्रयोग गर्ने भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त गरे ।
महिला कृषकहरूले डिजिटल कृषि सल्लाह प्राप्त गर्न सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । सहभागीहरूलाई युनेस्कोको डिजिटल साक्षरता रूपरेखाअनुसार तालिम दिइएको थियो ।
तालिममा क्याविका प्रमुख डिजिटल परामर्शदाता क्याट्रिना क्याम्रोन, प्लान्टवाईज प्लस ग्लोबल टिमलिडर डा माल्भिका चौधर, क्यावीका नेपाल निर्देशक डा महेश एचएमले सहजिकरण गरेका थिए ।
कार्यक्रमले एकिकृत सत्रुजिव व्यवस्थापन सम्बन्धी ज्ञानको प्रवर्धन गर्नुका साथै सहभागी प्रशिक्षकहरूले सिकेको ज्ञान अरू महिला कृषकहरूमा कसरी स्थानान्तरण गर्ने भन्ने योजना समेत तयार पारिएको आयोजकले जनाएका छन् ।
प्लान्टवाईज प्लस कार्यक्रम अन्तर्गत क्यावीद्वारा आयोजित उक्त तालिमले महिला किसानहरूलाई प्रविधिमैत्री बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छद। तालिम समापन राष्ट्रिय आई पि एम कृषक समितिका अध्यक्ष रिता बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया