logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • इलाममा  कर्फ्यु  जारी , कारागार लगायत जिल्लाभर सुरक्षा ब्यवस्था कडा

    इलाममा  कर्फ्यु  जारी , कारागार लगायत जिल्लाभर सुरक्षा ब्यवस्था कडा


    इलाम भाद्र २५: इलाम  जिल्लाभर सुरक्षा ब्यवस्था कडा पारिएको छ । स्थानीय प्रसाशनले आज दिउसो  ३ बजे देखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जारी गर्नु भएको कर्फ्यु आदेशमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने स्थितलाई मध्यनजर गरि कर्फ्यु जारी  गरेको उल्लेख छ  । जिल्लाभर सुरक्षा गस्ती परिचालन गरिएको प्रजिअ नेपालले बताउनु भयो । सुरक्षा अवस्थालाई मध्यनजर गरी कारागार कार्यलय इलाममा  सुरक्षा ब्यवस्था कडा पारिएको उहाँले बताउनु भयो । 


    इलाम जिल्लाका सबै १० वटै पालिकामा नेपाली सेना , नेपाल  प्रहरी ,  सशस्त्र प्रहरीको सुरक्षा गस्ती परिचालन गरिएको छ ।  गए राती १० बजे बाट गस्ती संचालन गरे पनि स्थानीय त्रासमा थिए  । आज बिहान बाट इलामको   जनजीवन केही  सामान्य बन्दै आएको छ ।  हिजो भएको जेनजीको प्रदर्शन इलाम सदरमुकाम अशान्त बनेको थियोे । हिजो रात भर त्रासमा रहे पनि बिहान देखि सहज भएको स्थानीय गोपाल निरौलाले बताउनु भयो ।  इलाम आज बाट पुरानै लयमा फर्किने प्रयासमा छ । यद्यपि कर्फ्यु जारी भएको छ । सुरक्षा निकायको उपस्थिति पछि स्थानीयले राहत महसुस गरेका छ्न । जेनजीको प्रदर्शनकारीले   इलाम नगरपालिकामा आगजनी गरेका छन । नगरपालिकाको कार्यलयमा सामाग्री , उपकरण र दस्तावेजमामा क्षती पुगेको छ ।

    इलाम नगरपालिकाले सेवा संचालन गर्न समस्या भएकोले केही दिन सेवा अबरुद्ध हुने जनाएको छ । प्रदर्शनकारीले जिल्ला प्रसाशन कार्यलय , करदाता सेवा कार्यलय र निर्वाचन कार्यलयमा तोडफोड र आगजनी गरेका छन ।



    निगरानी    
  • २०८२ भाद्र २५, बुधबार ११:२८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP