logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • जलवायु परिवर्तन सम्बन्धी विद्यालयमा सचेतना कार्यक्रम

    • निगरानी
    • २०८२ भाद्र १७, मंगलवार ०९:४४ गते
    जलवायु परिवर्तन सम्बन्धी विद्यालयमा सचेतना कार्यक्रम


    इलाम भाद्र १७ : विद्यार्थीहरूको लागि  वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रम  सोमबार इलाममा सम्पन्न भएको छ । इलाम नगरपालिका ७ स्थित आदर्श  माध्यमिक विद्यालय  विद्यार्थीहरूलाई वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा जानकारी गराई घर परिवार र समुदायमा सचेतता जगाउन सहयोग पुर्याउने उदेश्य सहित  सहयात्रा नेपाल इलामले कार्यक्रम संचालन गरेको जनाएको छ । टेवा काठमाडौको सहयोगमा  सन्चालन भएको कार्यक्रममा सुबोध निरौलाले सहजीकरण गर्नु भएको थियोे ।

    कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले  जलवायु परिवर्तनको अस्रर देखा परिरहेकोे अवस्थामा विद्यार्थीको लागि आवश्यक  समसामयिक विषयमा कार्यक्रम राखिएको बताउनु भयो । पाठ्यक्रममा पनि जलवायु र वातावरण जस्ता विषय अध्यन गर्नु पर्ने भएको उनीहरूलाई सहयोग हुने साथै समुदायमा सचेतना फैलाउन समेत सहयोग पुग्ने उहाँको भनाई छ ।  कार्यक्रम बारे सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाले जानकारी गराउनु भएको थियो । जलवायु कार्य र वातावरण संरक्षणको बारेमा बिद्यार्थीलाई जानकारी गराउदा घर परिवार तथा समुदाय स्तरमा सन्देश पुर्याउन सकिने भएकोले विद्यालय स्तरमा कार्यक्रम सन्चालन गरिएको शिवाले बताउनु भयो । कार्यक्रममा  १ सय ५  जना  सहभागी थिए ।


    यस अघि इलामकै अमर माध्यमिक बिधालय र भगवती माध्यमिक बिधालयमा कार्यक्रम संचालन गरेको सहयात्रा नेपालकी सचिव कृष्टिना गुरुङले बताउनु भयो । आगामी दिनमा अन्य बिद्यालयमा समेत कार्यक्रम सन्चालन गरिने जनाइएको छ ।



    निगरानी    
  • २०८२ भाद्र १७, मंगलवार ०९:४४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP