logo
  • २०८२ माघ २१, बुधबार | Wed, 04 Feb 2026
  • इलाममा अन्तर विद्यालय गायन प्रतियोगिता सम्पन्न

    इलाममा अन्तर विद्यालय गायन प्रतियोगिता सम्पन्न

    इलाम , २० मङ्सिर : अन्तर विद्यालय गायन  प्रतियोगितामा भगवती माध्यमिक विद्यालयकी सुहाना बि.क. र प्रज्ञा सदनकी मिङ्छु तामाङले प्रथम स्थान हासिल गरेका छ्न । प्रतियोगितामा क्रमशः सिनियर र जुनियर तर्फको उपाधि जित्न सफल भएका छन्। मानहरी सांस्कृतिक प्रतिष्ठान इलामद्धारा आयोजना गरिएको प्रतियोगितामा जम्मा १४ वटा विद्यालयका २२ जना विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो।

    जुनियर तर्फ (कक्षा १–५) दोस्रो ज्योति विद्या मन्दिरकी प्रनिता बराइली, तेस्रो ज्योति सदनका रिजन राई र सान्त्वना ग्रीन भ्यालीका अनमोल तामाङ रहेका थिए भने सिनियर तर्फ दोस्रो जुबिलियन बोर्डिङकी सोफिया राई, तेस्रो हेरिटेज विद्यालयका आशिष सञ्जेल र सान्त्वना माउन्ट मेचीकी प्रयुशा साही रहेका छन्। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कोमल निरौँलाले गर्नुभएको थियो भने प्रमुख अतिथि इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा हुनुहुन्थ्यो। विशेष अतिथि तथा अतिथिमा युद्ध प्रसाद वैद्य, तोयनाथ भट्टराई, संस्थाका संरक्षक सम्भू प्रसाद श्रेष्ठ, मीरा श्रेष्ठ, नारायण श्रेष्ठ, नरेन्द्र गुरुङलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो। निर्णयकको भूमिकामा देवी गौतम, टङ्क श्रेष्ठ र राजेश चाम्लिङ राई रहनुभएको थियो ।

    प्रतिष्ठान २०८० सालमा सम्भु प्रसाद श्रेष्ठले आफनो  स्वर्गिय पिता मान बहादुर श्रेष्ठ र स्वर्गिय माता  हरिमाया श्रेष्ठको स्मृतिमा स्थापना गर्नुभएको थियो ।
    विद्यार्थीहरूको प्रतिभाको पहिचान, विकास र सम्मान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।



    निगरानी    
  • २०८२ मंसिर २१, आईतवार ०६:०९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP