logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • तथ्यमा आधारित पत्रकारीता गर्नु पर्नेमा जोड

    तथ्यमा आधारित पत्रकारीता गर्नु पर्नेमा जोड


    कमला थापा , इलाम :
    पछिल्लो समय बढ्दो सामाजिक संजालका कारण सत्य तथ्य समाचार छुट्याउन समस्या हुने गरेको इलाममा आयोजित एक कार्याक्रमका सहभागीले बताएका छन् । इलाम सदरमुकामा शनिवार आयोजित नेपाल प्रेस युनियन इलाम शाखाको ११ औ साधारण सभा तथा भित्ते पात्रो विमोचन कार्यक्रमका सहभागीले सामाजिक संजालका कारण वास्तविक पत्रकारले लेखेको समाचार र गैर पत्रकारले लेखेको समाचार छुटेयाउनै आम नागरिकलाई समस्या हुने भन्दै चिन्ता व्याक्त गरेका छन् । सोहि कार्याक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य भिमकुमार बाँस्कोटाले वैदेशिक रोजगारीकामा आर्कषण रहेका कारण युवा पुस्ता पत्रकारिता क्षेत्रमा देखिन छाडेको बताएका छन् । पत्रकारीतका क्षेत्रमा इलाम देशभरमा उर्वर रहे पनि पछिल्लो समय पत्रकारीताका इलाममा कमी आएको बताए ।
    यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा इलामका पुर्व अध्यक्ष युनियका संस्थापक सोमनाथ सुसेलीले युवाहरु पत्रकारिता क्षेत्रमा आउन छाडेको उनीहरुलाई पत्रकारीतामा ल्याउन समय सापेक्ष तालिम संचालन गर्न अतिआवश्यक रहेको बताएका छन ्।
    यस्तै युनियनका संस्थापक कुवेर निरौलाले दुुई दशक भन्दा अघिको स्मरण गर्दे समाचार सुन्नकै लागि महिनै दिन हुलाक मार्फत चिठि पठाएर पनि समाचार लेख्ने गरेको भए पनि पछिल्लो समय इनटरनेट सुचना प्रविधिको युगमा पत्रकारिता क्षेत्र फस्टाउँन नसकेकोमा दसख व्यक्त गरेका छन् । सोही कार्यक्रममा नेपाल पत्रकार माहासंघ इलाम शाखाका अध्यक्ष भीम चापागाईले पनि पछिल्लो समय युवाहरु पत्रकारिता बाट पलायन हुन थालेले नयाँ प्रविधि मैत्रि कार्याक्रमहरु ल्याउनु पर्ने आवश्यक रहेको बताउँदै उने भने पछिल्लो पुस्तालई हेर्दा पत्रकारिता क्षेत्रमा अति न्युुन मात्रा रहेको बताए । यस्तो अवस्था आइरहदा दिनदिनै लोप हुने अवस्था नआउला भन्न नसकिएकाले पनि अव नयाँ÷ नयाँ प्रविधि मैत्रि कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिएका छन । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष युनियनका पुर्व अध्यक्ष विप्लप भट्टराई , प्रेस चौतारी नेपाल इलामका सचिव खेमराज ढकाल , जिल्ला सहकारी संघका अध्यक्ष लिलाप्रसाद थापा , टेड्र युनियन कांग्रेस इलामका सचिव ढाकारामा न्यौपाने लगायतले धारणा राखेका थिए । नेपाल प्रेस युनियन इलाममा पहिलो पटक भित्ते पात्रो प्रकाशन गरेको जनाइएकोे छ । कार्यक्रममा शाखा अध्यक्ष सविता पाण्डेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष हरिकुमार अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन शाखा सचिव प्रकास नेपालले गरका थिए भने उपाध्यक्ष सुनिता मगरले स्वागत मन्तव्य राखेका थिए ।



    निगरानी    
  • २०८२ बैशाख २९, सोमबार १७:२० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP