logo
  • २०८३ बैशाख २६, शनिबार | Sat, 09 May 2026
  • सातौ सुनाखरी गोल्डकप : सेमिफाइनल समीकरण पुरा

    सातौ सुनाखरी गोल्डकप :  सेमिफाइनल समीकरण पुरा

    राके , २ माघ : सातौँ सुनाखरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत चौथो दिन खुल्ला तर्फ दुई तथा भेट्रान्स तर्फ तीन गरी पाँच खेल सम्पन्न भएका छन् । सोमबार सम्पन्न खेलहरूसँगै खुल्ला र भेट्रान्स दुवै तर्फका विजेता टोलीहरू सेमिफाइनलमा प्रवेश गरेका छन् ।
    खुल्ला तर्फको प्रतिस्पर्धात्मक खेलमा ब्राइट स्टार फाक्तेपले थोक्फेला एफसी लट्टेबारीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गर्‍यो । अर्को खेलमा रानीटार युनाइटेडले डिएन एफसी चमैतालाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।


    भेट्रान्स तर्फ तिजोक भेट्रान्सले कुम्मायक भेट्रान्सलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्‍यो । यस्तै, बौद्ध भेट्रान्स रानीटारले क्लब ओएसिस भेट्रान्सलाई १–० ले पराजित गर्दै जित हात पार्‍यो । आयोजक सुनाखरी भेट्रान्सले फिदिम भेट्रान्सलाई १–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।



    निगरानी    
  • २०८२ माघ २, शुक्रबार २२:३१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP