logo
  • २०८२ पुष ३०, बुधबार | Wed, 14 Jan 2026
  • इलाममा धार्मिक पर्यटनको सम्भावना बारे बहस

    इलाममा धार्मिक पर्यटनको सम्भावना बारे बहस

    इलाम , ८ पौष :
    इलाममा धार्मिक पर्यटनको सम्भावना सम्बन्धी अन्तरक्रिया इलाममा सम्पन्न भएको छ । धार्मिक पर्यटनका लागि रणनितिक योजना निमार्ण गर्ने उदेश्य सहित इलाम नगरपालिका अर्न्तगतको नगर पर्यटन प्रवद्र्धन समितिले कार्यक्रमको आयोजना गरेको हो । इलाम नगरभित्र रहेको सम्पुर्ण धार्मिक स्थलहरुको प्रचार सामाग्री तयार गर्ने , प्राकृतिका धार्मिक तथा सास्कृतिक सम्पदाहरुको प्रचारप्रसार र प्रर्वद्धनमाको लागि कार्य गरिनेमा जोड दिइएको छ । धार्मिक एकता र सहिष्णुनता कायम राख्न धार्मिक उत्सव आयोजना गर्ने बारे छलफल भएको समितिका सचिव अर्जुन पोख्रलेलले जानकारी दिनु भएको छ ।
    इलामका विभिन्न धार्मिक स्थलमा हुने गलत गतिविधी , सरसफाई व्यवस्थापन , शौचालय व्यवस्थापन लगायतको बारे छलफल भएका थिए ।

    कार्यक्रममा इलाम नगरपालिका भित्रका विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि ३५ जनाको सहभागिता रहेको थियो ।
    कार्यक्रम मानव प्रकृति संस्कृति धर्म र पर्यटनलाई एकीकृत गर्दै इलाममा धार्मिक पर्यटन प्रवद्धन गर्न कार्यक्रम समयसापेक्ष भएको सहभागीहरुले बताएका छन ।


    कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, उपप्रमुख विष्णु लिम्बु दाहाल, इलाम नगरपालिका ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता नुतनदेव दुलाल, इलाम नगरपालिका ६ का वडाध्यक्ष मदन श्रेष्ठ, इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायत धार्मिक सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम पर्यटन प्रवद्र्धन समितिकी अध्यक्ष सुशीला सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।



    निगरानी    
  • २०८२ पुष ९, बुधबार ००:०३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP