logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • बुढेसकालमा फेरि आँखाको ज्योती

    बुढेसकालमा फेरि आँखाको ज्योती


    फिक्कलःइलामको सूर्योदय नगरपालिका ६ तारगाउँका टेक बहादुर गुरुङले ७९ बर्षको उमेरमा फेरी प्रष्ट उज्यालो हेर्न अवसर पाए । चार बर्ष देखि आँखा राम्रो नदेख्ने, रिंगटा लाग्ने लगायतका समस्या खेप्दै गरेका उनले ठूलो अस्पताल नपुगी नजिकमै सेवा पाएपछि भने ‘जसले यो सेवा दियो त्यसले पुन्य कमायो ।’
    उनी मात्रै हैन सूर्योदय नगरपालिकाको फिक्कलमा तीन दिन सम्म सञ्चालन भएको सिविरमा ६ सय बढिलो ओपिढी सेवा लिएका छन् भने १८२ जनाले शल्यक्रिया सेवा लिएका छन् ।
    सूर्योदय नगरपालिका र नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा इलामको आयोजना र विराटनगर आखा अस्पताल र आँखा तथा कान उपचार केन्द्र फिक्कलको प्राविधिक सहयोगमा शुक्रबार (हिजो) देखि शुरु भएको सिविरमा मोतीया विन्दु, आँखामा परेला भासिएको, आँखामा मासु पलाएको समस्याको अप्रेसन गरेको विराटनगर आखा अस्पतालका डाक्टर प्रज्ञा लुईटेलले जानकारी दिए । विरामीहरुमा अघिकांस जेष्ठ नागरिकहरु रहेको डा लुईटेलले जानकारी दिए ।
    अप्रेसन गर्नुपर्ने विरामीको छनौटका लागि नगरका १४ वटै वडामा वडा स्तरीय सिविर सञ्चालन गरेको सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले जानकारी दिए । उनले भने ‘वडाको सिविरमा आँखामा अप्रेसन गर्नुपर्ने समस्या देखिएका विरामीहरुको छनौट गरेपछि निशुल्क आँखा अप्रेसन सिविर सञ्चालन गरेका हौ ।’ राईका अनुसार नागरिकलाई सहज स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्यले नेपाल नेत्र ज्योती संघ संगको सहकार्यमा सिविर सञ्चालन गरिएको हो ।
    निशुल्क स्वास्थ्य सिविरबाट विरामीको एक करोड हाराहारीमा खर्च जोगिएको संघका सह सचिव प्रकाश भट्टराईले बताए । उनका अनुसार अस्पताल खर्च, आवास सहित एक जनाको उपचारका तीस हजार रुपयाँको हाराहारीमा खर्च आउने गरेको छ ।
    इलाममा आँखाको सहज उपचारका लागि अस्पतालको व्यवस्था छैन । जेष्ठ नागरिकका लागि झापा वा मोरङका अस्पतालमा पुगेर उपचार गर्नुपर्ने बाध्यता छ । पहाडको ग्रामीण भेगमा बस्ने जेष्ठ नागरिक र वाल बालिकाका लागि हावापानी, यातायात, आवास लगायतका समस्याले आँखाको उपचार निक्कै महंगो र असहज हुने गरेको छ । हरेक व्यक्तिमा केहिन केहि आँखाको समस्या देखिए पनि स्वास्थ्य सेवा लिन कठिन भएकै कारण सिविर सञ्चालन गर्दै आएको संघका इलाम अध्यक्ष इन्द्र फुयालले जानकारी दिए । संघले इलामका अन्य गाउँपालिकामा पनि सिविर सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष फुयालले बताए ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ आश्विन २, आईतवार १३:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP