समाजसेवाको गुण र गठबन्धनको साथले उदाउदै खड्का , इतिहास दोहोर्याउन नेम्वाङलाई चुनौती

समाजसेवाको गुण र गठबन्धनको साथले उदाउदै  खड्का , इतिहास दोहोर्याउन नेम्वाङलाई चुनौती

इलाम । आसन्न मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन नजिकिएको छ । इलाम क्षेत्र नम्बर २ मा सबैको ध्यान केन्द्रित छ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ पाँचौं पटक चुनावी प्रतिष्पर्धामा छन । दोहो¥याउने दाउमा रहेका नेम्वाङको लागि उदयमान र युवामाझ लोकप्रिय नेताको छवि बनाएका डम्बर बहादुर खड्का चुनौती बनरहेका छन । अहिलेसम्म हार व्योहोर्नु नपरेको नेम्बाङलाई यस पटक भने सहज छैन । २०७४ को निर्वाचनमा एमालेको तर्फबाट निर्वाचन लड्दा ३६ हजार ५१७ मत प्राप्त गरी नेपाली कांग्रेसका केशव थापालाई पराजित गरे । चौंथो पटक सम्म सहज जीत हासिल गरेका नेम्बाङका मुख्य प्रतिस्पर्र्धी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर बहादुर खड्का हुन । युवा नेता खड्कालाई गठबन्धनको साथ भएकोले नेम्बाङलाई यसपटकको निर्वाचनमा सहज नभएको नेपाली कांग्रेस इलामले जनाएको छ ।
खड्का राजनीतिसँगै समाजसेवाको क्षेत्रमा पनि परिचित छन् उनी । उनको सहयोगले धेरै विरामी अस्पताल सम्म पुगेका छन । उनले सहयोग गरेका विपन्नहरूको संख्या ठूलै छ इलाममा । खड्काले खास गरेर बिरामी परेका असहायहरूको उपचारमा सहयोग पु¥याउँदै आएका छन् । कोरोना महामारी कालमा गरिब र निमुखाहरूलाई मन खोलेर सहयोग गरेको कारण उनी जनतामाझ प्रिय बन्दै गए ।कोरोना महामारीको समयमा जिल्ला बाहिर रहेका विद्यार्थी तथा विपन्न इलामेलाई जिल्ला ल्याउन निशुल्क यातायातको व्यवस्था गरी धेरैलाई गुण लगाएका छन । इलाम जिल्लामा संचालन हुने गरेका ग्रामीण क्षेत्रका खेलकुद प्रतियोगितामा सहयोग गरेका खडका युवामाझ लोकप्रिय छन ।

नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भए । २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका उनी कांग्रेसको १२औं महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए ।त्यसपछि महाधिवेशन प्रतिनिधि र १४ महाधिवेशन बाट जिल्ला सभापति निर्वाचित भएका उनी २०६२÷६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा रहे ।
इलामको राजनीति र समाजसेवासँगै व्यवसायमा सक्रिय ४८ वर्षीय खड्कालाई सत्तागठबन्धनको साथले प्रतिनिधी सभाको यात्रालार्ई सहज बनाइदिएको छ । खड्का पहिलो संसदीय प्रतिस्पर्धामा उर्तेका छन भने नेम्वा पाँचौं पटक जित्ने प्रयासमा छन । चौथो जितमा नेकपा (माओवादी केन्द्र)को पनि साथ पाएका नेम्वाङ यसपालि एक्लो एमालेको भरमा छन् भने खड्कालाई सत्ता गठबन्धनको साथ छ । एमाले फुटको कारण पनि नेम्वाङलाई असहज बनीरहको छ ।

उनी २०७४ मा पनि इलाम–२ (क) बाट प्रदेश सभामा कांग्रेसको उम्मेदवार थिए । वाम गठबन्धनको तर्फबाट उठेका एमालेका राम रानासँग उनी पराजित भएका थिए । त्यस यता निरन्तर पार्टी राजनितीमा सकृय खड्का संगठन विस्तारमा लागीरहे ।

गत स्थानीय चुनावमा इलाम–२ मा वडाध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस र एमाले लगभग बराबर अवस्थामा छन् । कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले २ हजार ७१७, जनता समाजवादी पार्टी (जसपा)ले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राप्रपाले १३० मत पाएका छन् ।

यस हिसाबले एमालेको ३२ हजार ५२७ विरुद्ध गठबन्धन दलको कुल मत ३६ हजार ५२६ हुन आउँछ । यो क्षेत्रको प्रदेश सभा सदस्यको दुई सिटमध्ये कांग्रेस र माओवादीले एक–एक सिट लिएकाले गठबन्धनको सहकार्य बलियो नै हुने गठबन्धन दलका नेताहरुको दाबी छ ।