logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • इलाममा ५७  प्रतिशत मत खस्यो , गणना स्थलमा मतपेटिका ल्याउने क्रम जारी

    • निगरानी
    • २०८२ फाल्गुन २१, बिहीबार २२:३३ गते
    इलाममा ५७  प्रतिशत मत खस्यो , गणना स्थलमा मतपेटिका ल्याउने क्रम जारी

    सविता पाण्डे , इलाम , फागुन २१

    इलाम जिल्लामा  प्रतिनीधिसभा सदस्य निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ । इलाम क्षेत्र  न १ मा  ५७ इलाम २ मा ५६ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयो ।
    इलाम जिल्लामा  २  लाख ३१ हजार ८  सय नौ जना रहेका छन । जसमध्ये २ लाख ३१ हजार ३९ जनाले मतदान गरेका छ्न ।
    इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थाल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा  १ हजार ७  सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । 

    अहिले मतपेटिका धमाधम गणना स्थलमा ल्याइदै छ । मतगणनाको लागि स्थल तथा मतपेटिका भण्डारण स्थलको  तयारी समेत भईसकेको मुख्य  निर्वाचन अधिकृत गजुरेलले जानकारी दिनु भएको छ । सुरक्षित रुपमा मतगणना गर्न तारजाली र सिसि क्यामेरा सहित गणना स्थलको ब्यवस्थापन गरिएको छ ।
    इलाममा शान्तिपूर्ण रुपमा मतदान भएको   प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयो ।



    निगरानी    
  • २०८२ फाल्गुन २१, बिहीबार २२:३३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP