निशान निरौला , इलाम ,फागुन १८: आज राती १२ बजे देखि इलामको पशुपतिनगर सीमा नाका बन्द ( सिल ) गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले सोमबार राति १२ बजेदेखि फागुन २१ गते राती १२ बजेसम्म ७२घण्टा जिल्लासँग जोडिएका भारतीय सीमा नाका सिल गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएकोे छ। निर्वाचनलाई स्वतन्त्र , निश्पक्ष , सुरक्षित र भयरहित बनाउन नाका बन्द गरिएको प्रशासनले जनाएको छ । मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ ढकालको भनाई छ । इलाममा ५२ दशमलव ५ किलोमिट नेपाल–भारत खुल्ला सीमा क्षेत्र रहेको छ । सीमा क्षेत्रमा पर्ने सन्दकपुर देखि सलकपुर सम्म खुल्ला रुपमा आवागमन हुदैआएको छ ।जिल्लाको मुख्य नाका पशुपतिनगर रहेको छ भने मानेभञ्ज्याङ, छब्बिसे र जौबारी क्षेत्र बाट नेपालभारत आउजाउ हुने गरेको छ । मौन अवधिको समयमा दुबै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा बन्द गर्न समन्वय गरिएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया