इलाममा दोस्रो कोरोना संक्रमित

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
इलाममा दोस्रो कोरोना संक्रमित

इलाम जेठ ३०

इलाममा शुक्रबार दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या दुई पुगेको छ । सुर्योदय नगरपालिका स्थित करफोक माविको क्वारेन्टिनमा बस्दै आएका १८ वर्षिया पुरुषमा कोरोना संक्रमण भएको जनस्वास्थ्य कार्यलय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालले जानकारी दिनु भयो ।संक्रमित युवक गत २६ गते ४६ जनाको स्वाब संकलन गरि कोशी अस्पताल विराटनगर पठाइएकोमा पिसिआरमा पोजेटिभ आएको हो ।
उनी सुर्योदय नगरपालिकाका बासिन्दा हुन । भारतको सिलिगुडी बस्दै आएका उनी झापाको काँकडभिटा नाका हुदै इलाम आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।
कोरोना संक्रमित युवकलाई मोरङ पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको छ । यसअघि भारतबाट आएका सुर्योदय नगरपालिकाका २६ वर्षिया युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।