logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • भारतमा रहेकालाई आइतबार पशुपतिनगरबाट ल्याउने तयारी

    भारतमा रहेकालाई आइतबार पशुपतिनगरबाट ल्याउने तयारी


    इलाम : इलामको नेपाल भारत सिमा नाका पशुपतिनगरबाट आइतबारदेखि भारतमा रोकीएका नेपालीलाई प्रवेश गराउने तयारी गरिएको छ । आइतबार दिउसोबाट भारतबाट आउने करिव २ सयलाई प्रवेश गराउने तयारी गरेको सूर्योदय नगरपालिकाका करोना फोकलपर्सन पेमाउगेन लामाले जानकारी दिए ।
    नाकामा शनिबार आउने नागरिकका लागि प्रवेश गराउने व्यवस्था मिलाइएको छ । उनका अनुसार सुकिया, दार्जिलिङ, मिरिक लगायतका स्थानमा कामका सिलसिलामा पुगेर उतै लकडाउनका कारण रोकिएकालाई नेपाल प्रवेश गराएर सूर्योदय नगरपालिकाको करफोकमा रहेको होल्डीङ एरीयामा राख्ने तयारी गरीएको छ । करफोकमा चार सय जनालाई राख्ने तयारी गरिएको छ ।
    नेपाल प्रवेश गर्ने सबैको आरडिटि गरिने छ भने प्रदेश नम्बर १ का नागरिकको पिसिआर परिक्षण समेत गरिने छ । उनीहरुलाई होल्डीङ एरीयामा राखेपछि सम्बन्धीत जिल्लामा सम्पर्क गरेर पठाउने व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए ।
    भारतीय पक्षले उपलव्ध गराएको सूची अनुसार नेपालको दोलखा, रामेछाप, तेह्रथुम लगायतका जिल्लाका नागरिक नेपाल भित्रीन लागेका हुन् । अन्नपुर्ण पोष्टबाट



    निगरानी संवाददाता    
  • २०७७ जेष्ठ १०, शनिबार १६:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP