logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • इलाम १ : कांग्रेसका निश्कल राई विजयी

    • निगरानी
    • २०८२ फाल्गुन २५, सोमबार १७:४२ गते
    इलाम १ :  कांग्रेसका निश्कल राई विजयी

    इलाम फागुन २५:

    इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई बिजयी हुनुभएको छ । 
    राईले १४ हजार ५४३मत प्राप्त गर्नु भएको छ ।
    सूर्योदय नगरपालिका ४ श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय राई विजयी भएर यस क्षेत्रमा काङ्ग्रेसले २७ बर्ष  पछि जीत निकालेको छ । राई व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत छ्न । राई नेपाली काङ्ग्रेसको  इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हाल्नु भएका राई पूर्वक्षेत्रीय सहसचिवसमेत हुनुहुन्थ्यो ।
    शंकरदेव क्याम्पस, काठमाडौंमा लामो समय अध्यापन गराउनु भएका  राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ । 

    निकटतम प्रतिस्पर्धी  श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२मत प्राप्त गर्नु भयो  भएको छ ।

    एमालेका उम्मेदवार काजीमान कागते ११ हजार ९६६मत प्राप्त गरी तेस्रो हुनुभएको छ । 
    राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार विमल गदालले ९ हजार १६० मत प्राप्त गर्नु भएको छ भने
    नेपाली कम्युनिष्ट पार्टीका  उम्मेदवार रण बहादुर राईले ७ हजार ६६५ मत प्राप्त गर्नु भयो ।

    यहाँ खसेको मत ६३ हजार  ९५७ रहेको छ । बदर मत ४ हजार ५६६ रहेको छ ।



    निगरानी    
  • २०८२ फाल्गुन २५, सोमबार १७:४२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP