इलाममा साउन २५ गते सम्म निषेधाज्ञा थप

इलाममा साउन २५ गते सम्म निषेधाज्ञा थप


इलाम साउन १५ ।

इलाममा आगामी साउन २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शुक्रबार आदेश जारी गर्दै निषेधाज्ञा थप गर्नु भएको हो । साउन १५ गते मध्यराती १२ बजेबाट लागु हुने गरी साउन २५ गते मध्यराती १२ बजेसम्म जिल्ला भरी लागु हुने गरी निषेधाज्ञा लागु गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत निषेधाज्ञा गरिएको जनाइएको छ । यसअघि जारी गरिएको निषेधाज्ञा आदेश यथावत रहेने जनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहहरुको अनुरोध तथा नागरिक स्तरबाट अनुरोध गर्न थालिएपछि गत साउन १० गते आज बेलुकी १२ बजेसम्म लागुहुने गरी निषेधाज्ञामा थप कडाइ गरिएको थियो । निषेधाज्ञामा जिल्लाको प्रमुख बजाहर बन्द रहने , तरकारी , खाद्यन्न तथा फफुल पसल विहान ११ बजेसम्म मात्र खुल्ला राख्ने जनाइएको छ ।
अत्यावश्यक बस्तु र सेवाको आपुर्तिमा कृत्रिम अभाव सिर्जना गरी मुल्यवृद्धि गर्ने , जम्मा गर्ने , लुकाउने, आपुर्तिमा अवरोध गरे कानुनी कारवाही गर्ने जनाईएको छ ।आदेशको उल्लंघन गरेको खण्डमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफ १९ वा २१, २२ र २४ अथवा प्रचलित कानुन बमोजिम कारवाही वा जरिवाना गरिने आदेशमा भनिएको छ ।