logo
  • २०८२ फाल्गुन ३०, शनिबार | Sat, 14 Mar 2026
  • विपत्त व्यवस्थापन सम्बन्धी तालिम इलामको गोदकमा सुरु

    • निगरानी
    • २०८२ फाल्गुन २८, बिहीबार १७:३३ गते
    विपत्त व्यवस्थापन सम्बन्धी तालिम इलामको  गोदकमा सुरु

    इलाम , २८ फागुन :विपत्त व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम विहिबार देखि  इलाममा सुरु भएको छ । नव जागृति महिला समुहकाे आयाेजनामा भएको तालिममा इलाम नगरपालिका १० गोदकमा स्थानीयबासी सहभागी छन ।

    विपत्त ब्यवस्थापनमा जागरुक गराई आफ्नो घर , गाउँ , टोलमा आउन सक्ने विपत्तको पुर्वतयारी , विपत्तको बेला र विपत्त पछि के केसरी तयारी गर्न सकिन्छ भन्ने बारे सचेतना जगाउने उदेश्य सहित तालिमको आयोजना गरिएको नव जागृति महिला समुहकी अध्यक्ष रोशु बानियाँले बताउनु भयो । टेवा काठमाडौकाे आर्थिक  सहयाेग  र सहयात्रा नेपाल संस्था , इलाम  नगरपालिका वडा नम्बर १० को वडा कार्यलयको समन्वयमा तालिम संचालन भइरहेको छ ।

    तालिममा सशस्त्र  प्रहरी बल इलामका प्रमुख एसपी केशवराज प्याकुरेलले सहजीकरण गरीरहनु भएको छ । तालिममा यसै वडाका ८ वटा टोलविकास संस्थाका युवा , महिला , ज्येष्ठ नागरिक लगायत ४० जना सहभागी भएका  छ्न ।


    कार्यक्रमको उद्घाटन नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष ओमनाथ प्रधान (दिलिप)को प्रमुख आतिथ्यता र  नव जागृति महिला समुहकी अध्यक्ष रोशु बानियाँको अध्यक्षतामा भएको थियोे ।



    निगरानी    
  • २०८२ फाल्गुन २८, बिहीबार १७:३३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP