logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • सोमबारदेखि भारत र चीनका नाका बन्द

    सोमबारदेखि भारत र चीनका नाका बन्द

    काठमाडौं : सरकारले सोमबारदेखि छिमेकी भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय लिएको हो। 
    ‘भोलि चैत १० गतेदेखि एक साताका लागि छिमेकी भारत र चीनतर्फका नाका बन्द गर्ने निर्णय भएको छ’, एक मन्त्रीले भने।  

    विश्वव्यापी बनेको कोरोना (कोभिड १९) भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले यो निर्णय लिएको हो। विश्वव्यापी बनेको कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले उपचार र औषधि सहज बनाउन राहत कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ । 

    मन्त्रिपरिषद्ले सरकारको तर्फबाट ५० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले एक महिनाको तलब उपलब्ध गराउने निर्णय भएको छ । सँगै सरकारले कोषमा सहयोग गर्न अन्य सबै इच्छुकलाई आह्वान गर्ने निर्णयसमेत गरको छ । 



    निगरानी संवाददाता    
  • २०७६ चैत्र ९, आईतवार १५:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP