झण्डै आठ महिनापछि बिद्यालय आउन पाँउँदा बिद्यार्थी हर्षित, स्वास्थ्य सुरक्षा मापदण्डमा ग्रीनभ्याली अब्बल

इलाम, पुष ५ ।
कोरोनाका कारण विद्यालय बन्द भएको झन्डै ८ महिनापछि इलामका प्राय अधिकाँश पालिकामा बिद्यालयहरु खुल्न थालेको छ । केही पालिकाका केही बिद्यालयहरु आइतबार देखि खुल्ने भएका छन् । लामो समयपछि बिद्यालथीहरु बिद्यालय आउन पाउँदा बिद्यार्थीहरुमा खुशि छाएको छ । धेरै समयपछि साथीहरु, शिक्षकसँग भेट्दा रमाइलो लागेको ग्रीनभ्याली एकाडेमिकि छात्रा आज्ञा खतिवडाले बताउनुभयो ।

इलाम नगरपालिकामा रहेको ग्रीनभ्याली एकाडेमिले बिभिन्न माध्यमबाट बिद्यार्थीहरुको पठन पाठन गरीरहेको अवस्थामा अहिले बिद्यालय नै लगाएर पठनपाठन गर्न थालेपछि बिद्यार्थीहरु आउने क्रम बढेको छ भने बिद्यार्थीहरुमा खुशि पनि छाएको स्वं बिद्यार्थीहरु बताउँछन् । ग्रीनभ्यालीले कक्षा १० सम्म पठनपाठन गराउँदै आएको छ । बिद्यालयले स्वास्थ्य सुरक्षाका पूरा मापदण्ड अपनाएर पठनपाठन गराउँदै आएको बिद्यालयका प्रिन्सिपल राजन माइकल गुरुङ्गले बताउनुभयो । विद्यार्थीका लागि मास्क अनिबार्य गरीएको छ भने बिद्यालयमा सेनीटाइजरका लागि थर्मन गनको प्रयोग समेत गर्दै आएको बिद्यालयले जनाएको छ । नियमित पठनपाठन नहुँदा विद्यार्थीको शैक्षिक स्तर खस्कने चिन्ता बिद्यालयलाई लागेकोले पठनपाठन सुचारु गरेको बताइएको छ । सुरक्षा सावधानी अपनाएर बिद्यालय सञ्चालन हुँदा विद्यार्थीमा संक्रमणको डर नहुने अभिभावकहरु बताउँछन् । कोरोना संक्रमणको महामारी र लकडाउनको समयमा ग्रीनभ्यालीले बिद्यार्थीका लागि कन्ट्रयाक क्लासका साथै अनलाईबाट पनि पठनपाठन सुचारु गरेको थियो ।

विद्यालयले लकडाउन लगत्तै अनलाइन कक्षा सुरु गरे पनि सबै विद्यार्थीको पहुँच पुग्न नसकेको बिद्यालयका शिक्षक चिन्तामणि चम्लगाइँले बताउनुभयो । उहाँका अनुसार लामो समयपछि बिद्यालय सञ्चालन हुनथालेपछि बिद्यार्थीहरुमा स्वास्थ्य चेतनामा बृद्धि भएर गएको पाइएको बताउनुभयो । यस्तै अहिले बिद्यालयमा पठनपाठन गराउँदा नर्सरी र कक्षा ५ सम्मका लागि बिहान ९ बजे देखि साडे १२ बजेसम्म र कक्षा ६ देखि १० सम्मका बिद्यार्थीलाई दिउसोको सिफटमा पठनपाठन भइरहेको छ । जिल्लामा अन्य बिद्यालयले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बिद्यालयमा पठनपाठन गरीरहेका छन् ।