इलाम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि इलाम क्षेत्र नं १ मा नेपाली कांग्रेसले ९ जना आकांक्षीको नाम सिफारिस गरेको छ । कांग्रेसले युवादेखि पुराना र अनुभवी नेताहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।
नेपाली कांग्रेस इलाम क्षेत्र नं १ ले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि युवा नेता तथा प्रदेश सभा क्षेत्र न १ (२) का सभापति निस्कल राई, पुर्व राज्य मन्त्री केशब थापा, संविधान सभा सदस्य टिकाराम सुब्बा, कांग्रेस नेता भेषराज आचार्य, जिल्ला सभापति डम्बर खड्का, पुर्व राज्यमन्त्री वेनुपराज प्रसाई, पूर्व प्रतिनिधि सभा उम्मेदवार भुपेन्द्र कट्टेल, महाधिवेशन प्रतिनिधि (पूर्व शिक्षक) हरि प्रसाद लुइँटेल र क्षेत्रीय प्रतिनिधि नगेन्द्र बुढाथोकीको नाम सफिारीस गरेको हो ।
निस्कल राई सिफारीस भएका मध्ये कम उमेरका उम्मेद्वार हुन् । युवा पुस्ताको प्रतिनिधित्व गर्ने राई हाल प्रदेश सभा १ (२) का सभापति हुन् । नेपाल विद्यार्थी संघमा लामो समय आबद्ध रहेका र शंकरदेव क्याम्पसका पूर्व लेक्चरर राईलाई स्थानीय क्रियाशील सदस्यहरूले ’जेन–जी भावना’ आत्मसाथ गर्ने र अनुभवका आधारमा बलियो उम्मेदवारको रूपमा हेरेका छन् ।
इलाम क्षेत्र न १ मा भुगोलको प्रतिनिधित्व गर्ने उम्मेद्धारको माग हुने गरेको छ । राई, सुब्बा, कट्टेल, लुइँटेल र बुढाथोकी भुगोलका प्रतिनिधि हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र न २ बाट भेषराज आचार्य, केशब थापा, नगेन्द्र कुमाल, रमेश लिङ्दम र इश्वर चिपालुको नाम सिफारिस गरेको काग्रेसले जनाएको छ ।
प्रतिक्रिया