इलाम , १२ फागुन :नेपाली कांग्रेस इलामले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि तयर गरेको प्रतिबद्धतापत्र आज इलाममा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा पुर्वधार , कृषि , पशुपालन र रोजगारी , पर्यटन , शिक्षा स्वास्थ , प्राकृतिक स्रोत र वातावरण , सुशासन लगायतका विषय समेटिएको ।प्रतिबद्धता पत्र लेखन कार्यदलका संयोजक होम दुलालले बताउनु भयो ।
प्रतिबद्धतापत्रमा पार्टीले पूर्वजहरूको त्याग र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको परिवर्तन चाहनालाई आत्मसात गरेको उल्लेख गर्दै नागरिकले अनुभुति गर्ने गरि परिवर्तन ल्याउले प्रतिबद्धता व्यक्त गरेको छ। कृषि र पर्यटनमा नवीन प्रतिबद्धता सहित प्रस्तुत भएको काङ्ग्रेसले विश्वमा जल्दोबल्दो रुपमा रहेको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकुलनमा काम गर्ने कुरा प्रतिबद्धता गरेको छ ।
पारदर्शिता, जनसहभागिता र नियमित सार्वजनिक परीक्षणलाई अनिवार्य गर्ने उल्लेख छ । सबै तहमा हुने सेवा सुविधालाई छिटो छरितो , पारदर्शी , प्रबिधि मैत्री , भष्टचारमुक्त, नागरिकमैत्री शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ
मालपोत, नापी, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र पान कार्ड जस्ता आधारभूत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने उल्लेख छ।
‘एक पालिका-एक उद्योग’ अवधारणा सहित चिया, कफी, अलैँची, अदुवा, अकबरे खुर्सानी, किवी, जडीबुटी, दुध र फलफूल जस्ता स्थानीय उत्पादनको प्रशोधन र बजारीकरण गर्ने प्रतिबद्धता छ्न । कृषि पशुपालनमा सहुलियत सहित बादर लगायत बन्यजन्तु बाट कृषि बाली जोगाउन बैकल्पिक कृषिको अवधारणा छ्न ।
नयाँ पर्यटन करिडोर विकास , ‘एक पालिका एक उद्योग’ , एक वडा एक नमुना उत्पादन , गाउँमा नै रोजगारी गाउँमा नै धन ,इलाममै उपचार इलाम बासीको अधिकार र हाम्रो धर्ती हाम्रो प्रकृति यसै बाट इलामको समृद्धि जस्ता नारा सहित नवीन कार्यक्रम गर्ने प्रतिबद्धता काङ्ग्रेसको रहेको छ ।
‘पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव पूर्णप्रसाद गौतम, निरोज खड्गीले प्रष्ट पार्नु भएको थियोे ।प्रतिबद्धता पत्र लेखन कार्यदलका संयोजक होम दुलालले प्रस्तुत गर्नु भएको थियोे । कांग्रेसले प्रत्यक्षमा इलाम क्षेत्र नं. १ मा निस्कल राई र क्षेत्र नं. २ मा भेषराज आचार्यलाई र समानुपातिक तर्फ प्रेमिका रानामगरलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया