logo
  • २०८२ चैत्र ३, मंगलवार | Tue, 17 Mar 2026
  • छिन्टापु: प्रकृतिसँगको एकान्त यात्रा ( फोटो फिचर )

    छिन्टापु: प्रकृतिसँगको एकान्त यात्रा ( फोटो फिचर )

    माधव लुइँटेल इलाम २२ मंसिर : ३४ सय मिटर उचाइमा रहेको छिन्टापु पूर्ण रूपमा मोहित बनाउने यो ठाउँ इलाम र पाँचथरको सिमानामा छ। यो विशेषगरी वसन्तमा गुराँसको फूलहरू ले ढाकिन्छ, जहाँ विभिन्न प्रजातिका फूलहरूले जङ्गललाई रङ्गीन बनाउँछन्।


    पूर्वी पहाडी भेगको सफा हावा, सरल जीवनशैली र स्थानीय सत्कारले हाम्रो थकानलाई बिर्साइदियो।

    हरेक मोडमा देखिएको नयाँ ल्यान्डस्केप र जैविक विविधताले प्रकृति कति सुन्दर छ भन्ने महसुस गराउँछ।


    बादलहरू मुनि तैरिरहेको जस्तो देखिने पहाडी दृश्यावली, र बाक्लो जङ्गलको बीचबाट देखिएका हिमालका दृश्यहरू क्यामेरामा कैद गर्न सकिन्छ।


    यदि तपाईं पदयात्राको तयारी गर्दै हुनुहुन्छ वा छोटो समयमा पनि हिमालको उत्कृष्ट अनुभव लिन चाहनुहुन्छ भने, यो ठाउँको यात्रा अवश्य गर्नुहोला। यो यात्रा केवल दृश्यको लागि मात्र होइन, बरु मनको शान्तिका लागि पनि हो।



    निगरानी    
  • २०८२ मंसिर २२, सोमबार १८:१७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP