रोङ ४ मा लोपोन्मुख लेप्चा समुदायका राजकुमार वडाध्यक्षमा विजयी

रोङ ४ मा लोपोन्मुख लेप्चा समुदायका राजकुमार वडाध्यक्षमा विजयी


इलाम ,जेठ ३

इलामको रोङ गाउँपालिका ४ नम्बर वडामा लोपोन्मुख लेप्चा समुदायबाट नेतृत्व गर्ने अवसर पाएका छन । रोङ गाउँपालिका ४ को वडाअध्यक्षमा राजकुमार लेप्चा विजयी भएका छन । नेकपा एमालेबाट उम्मेद्धारी दिएका लाप्चाले ४ सय १० मत प्राप्त गरेका हुन । निकटम प्रतिदन्द्धी स्वतन्त्र उम्मेद्वारी दिई मुढा चिन्हबाट निर्वाचनमा भाग लिएका सुर्य राईले ३ सय ४१ मत प्राप्त गरेका छन ।
वडा सदस्यहरुमा एमालेका हर्कबहादुर राई ३ सय ५३ मत सहित विजयी बनेका छन भने अर्का वडा सदस्यमा स्वतन्त्र उम्मेद्वार बनेर मुढा चिन्हबाट उम्मेद्धारी दिएका बलबहादुर तामाङ ३ सय ५४ मत सहित बिजयी भएका छन् ।दलित महिला एमालेकै बालकुमारी बिश्वकर्मा ३ सय ९७ मत प्राप्त गरी बिजयी भएका छन । महिला सदस्यमा एमालेबाट मिना देबी तामाङ यस अघि नै निबिरोध भइसकेकी थिइन ।