सूर्योदयमा चियाको टेस्टिङ्ग तथा प्रवद्र्धन केन्द्रको सिलान्यास

सूर्योदयमा चियाको टेस्टिङ्ग तथा प्रवद्र्धन केन्द्रको सिलान्यास


इलामः इलामको सूर्योदय नगरपालिका ७ कन्याममा नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उदेश्यले चियाको टेस्टिङ्ग तथा प्रवद्र्धन केन्द्रको विहीबार सिलान्यास भएको छ । सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर एक सरकारको ८० प्रतिशत लगानीमा टेस्टिङ्ग सेन्टरको निर्माण शुरु भएको हो ।
२३ करोड लगानीमा निर्माण शुरु भएको चिया टेस्टिङ्ग तथा प्रवद्र्धन केन्द्रको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सिलान्यास गरेका हुन् । केन्द्रको सिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले चियाको खेती शुरु भएको इलाममा स्थापना भएको केन्द्रले किसान, उद्योगी र व्यवसायीको समस्या समाधानको केन्द्र बन्ने बताए ।
देशभरमा उत्पादन हुने चियाको गुणस्तर जाँच विश्व बजारमा पु¥याइने भएकाले केन्द्रले नेपाली चियाको प्रवद्र्धनमा योगदान गर्ने मुख्य मन्त्री राईको भनाइ छ ।
कार्यक्रममा बोन्दै प्रदेश एक सरकारको कृषि भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम बहादूर रानाले चिया टेस्टिङ्ग सेन्टरमा प्रदेश सरकारको लगानी गरिएपनि देशभरको चियाको गुणस्तर जाँच हुने बताए । नेपालमा गुणस्तरीय चियाको उत्पादन हुने भएपनि गुणस्तर जाँच नहुँदा अन्तराष्ट्रिय बजारमा मुल्य कम भएकाले सरकारले टेस्टिङ्ग र अध्ययनको केन्द्र बनाइएको मन्त्री रानाको भनाइ छ । टेस्टिङ्ग सेन्टर बनिसकेपछि सिधै अन्तराष्ट्रिय बजारबाट नेपालमा चिया किन्न आउने व्यापारीहरुले सोझै सम्पर्क गर्ने मन्त्री मगरले बताए ।
चिया टेस्टिङ्ग सेन्टर निर्माणको कामले चियाको अन्तराष्ट्रिय बजार बिस्तारमा सहयोग पुग्ने चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णु भट्टराईले बताए । कार्यक्रममा बोल्दै प्रदेश सासंद काजिमान कागतेले चियाको राजधानी घोषित सूर्योदय नगरपालिकामा निर्माण हुने टि टेस्टिङ्ग सेन्टरले इलामको मात्रै नभएर देशभरका चिया खेती गर्ने किसान, उद्योगी र व्यवसायीको मनोवल बढेको बताए । कन्याम चिया बगानसँगै हरेको ११ रोपनी क्षेत्रफलमा सेन्टर निर्माण हुने सूर्योदय नगरपालिकाका मेयर रण्नबहादुर राईले जानकारी दिए । सेन्टर १८ महिनामा निर्माण सम्पन्न भइसक्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राईले बताए ।