logo
  • २०८३ बैशाख २७, आईतवार | Sun, 10 May 2026
  • इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको लागि २० जनाको मनोनयन दर्ता ( तस्बिर सहित)

    इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको लागि २० जनाको मनोनयन दर्ता ( तस्बिर सहित)

    इलाम , चैत २४ : इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको  लागि २० जनाले मनोनयन पत्र दर्ता गरेका छन । शनिबार साँझ ६ बजेसम्म १२ राजनीतिक दल सहित ८ जनाले  स्वतन्त्र उम्मेदवारको रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन  दर्ता गराएका हुन ।

    मनोनयन दर्ताका लागि साँझ ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको हो  ।
    इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनि बहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले बताउनु भयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन योङ्हाङ लिम्बु ,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट लक्ष्मी गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेशनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ ।


      स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू,  डाकप्रसाद गौतम ,मनोज निरौला ,दिपेश बोहरा , योगेन्द्र गुरुङ , अर्जुन बहादुर शाही , राज बस्याल , केशव कुमार चापागाईंले  उम्मेदवारी दर्ता गराएका छन् ।

    माओवादी केन्द्रले भने नेकपा एमालेलाई सघाउने भएपछि उम्मेदवारी दर्ता गरेन ।



    निगरानी संवाददाता    
  • २०८० चैत्र २४, शनिबार १७:४७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP