इलामको बिकास गर्नका लागि काँध फेर्ने अवसर काँग्रेसले पाएको छ : महामन्त्री शर्मा

इलामको बिकास गर्नका लागि काँध फेर्ने अवसर काँग्रेसले पाएको छ : महामन्त्री शर्मा

इलाम , बैशाख ८ :नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले इलामको बिकास गर्नका लागि यो पटक काँध फेर्ने अवसर काँग्रेसले पाएको बताउनु भएको छ । इलाम २ को उपनिर्वाचनका क्रममा इलाम आइपुग्नु भएका शर्माले शनिबार सदरमुकाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्नुहुँदैमतदाताले त्यो अवसर प्रयोग गर्ने दिन आएको बताउनुभयो । महामन्त्री शर्माले सुबासचन्द्र नेम्वाङको युगबाट नयाँ युगमा जाँदै गर्दा यो क्षेत्रको नेतृत्व गरेर बिकासको ढोका खोल्ने संकल्प गर्नुपर्ने अवसर आएको उल्लेख गर्नुभयो । बिकास भएको छैन भन्ने कुरा हैन, बिकास भइरहेको छ तर किन ढिलो भइरहेको छ भन्ने कुराको आवाज उठाउन जरुरी रहेको जनाउँदै शर्माले इलाम अब बिकासमा पछि पर्नु नहुने उल्लेख गर्नुभयो ।                                                
शर्माले सङ्घीयता माथि पनि ठगी हुन थालेको बताउनु भयो ।गृहमन्त्री रवि लामिछाने   सहकारी ठगी प्रकरणबाट  उम्कन खोजेको आरोप लगाउनुभयो ।संसदीय छानविन समिति गठन गरौं भन्ने कांग्रेसको प्रस्तावलाई टाढा राखेर प्रधानमन्त्रीले पनि लामिछानेलाई उनमुक्ति दिन खोजेको बताउनु  भयो । उहाँले संसदमा उभिएको मुद्दा भ्रष्टाचार र ठगीको भएको स्पष्ट पार्दै गृहमन्त्रीसँगको व्यक्तिगत रिसीवीको  मुद्दा नभएको बताउनुभयो । ‘‘सहकारी ठगीमात्र होइन, सङ्घीयता मान्ने तर प्रदेशमा उम्मेद्वारी नै नदिने रास्वपाको त्यो कदम सङ्घीयता माथिको ठगी हो कि होइन ? भन्दै प्रश्न गर्नु भयो । गरिब जनताले गाँस काटेर सहकारीमा जम्मा गरेको रकम कसैले ठगी गर्न हुँदैन, त्यसलाई कानुनी कारवाहीमा ल्याउनु पर्छ, कांग्रेस त्यस विषयमा दृढ छ ।’’ उहाँले भन्नू भयो । उहाँले पहिचानको बिषयमा काँग्रेस गम्भिर बनेको बताउनुभयो ।