राँके , २९ पौष । सातौं सुनाखरी गोल्ड कप–२०८२ को पहिलो दिन लट्टेबारी एफसी र रानीटार एफसी बिजयी बिजयी भएका छन् । प्रतियोगिताको उद्धघाटन खेलमा लट्टेबारीले फाल्गुन्द ग्रीनपिस माथि ५–० गोल अन्तरको फराकिलो जितका साथ अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।

लट्टेबारीको जितमा कप्तान डिप्लब नेम्वाङले ह्रयाट्रिक गरे । सुमन लावती र सागर नेम्वाङले समान १÷१ गोल गरे । खेलको म्यान अफ दि म्याच विजेता टिमका ह्रयाट्रिक गोलकर्ता नेम्वाङ घोषित भए । त्यसैगरी दोश्रो खेलमा रानीटार एफसीले यलम्बर स्र्पोटिङ क्लबलाई २–० ले पराजित गरेको छ ।
रानीटारको जितमा सौरभ गुरुङ र कप्तान बिमल गुरुङले समान १÷१ गोल गरे । खेलको म्यान अफ दि म्याच सौरभ गुरुङ घोषित भए । कक्फेक्वा तङ्नाम–५०८५ तथा सोनाम ल्होसारको पावन अवसर सुनाखरी युथ क्लब फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापले स्वर्गीय प्रसाद सिङ्दन तामाङ र स्वर्गीय बिमाया सिङ्दन तामाङको स्मृतिमा प्रतियोगिता आयोजना गरेको हो ।
माघ ५ गतेसम्म अमर नेम्वाङ स्मृति खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने टोलीलाई नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी ट्रफी प्रदान गरिनेछ । ८ टिम मात्र सहभागि हुने भेट्रान्स विजेताले नगद २० हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछ । खुल्ला तर्फको पुरस्कार सुख बहादुर सिङदन तामाङ र तुल बहादुर सिङदन तामाङले प्रायोजन गरेका छन् । भेट्रान्स तर्फको प्रथम पुरस्कार आनन्द विक्रम नेम्वाङले प्रायोजन गरेका छन् ।
प्रतिक्रिया