इलाम , ७ माघ : आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि हिजो भएको उम्मेदवारी मनोनयनमा इलाममा २७ जनाले उम्मेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनको लागि इलाम क्षेत्र न. १ मा १३ जनाले उम्मेदवारी मनोनयन गरेका छ्न ।
मजदुर किसान पर्टीको तर्फबाट तुलसी केशरी , राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्वाला नेपाल र मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट बुद्ध लाल मेचेले मनोनयन पत्र दर्ता गराएका छ्न । यसैगरी
उज्यालो नेपाल पर्टीको तर्फबाट हरी बहादुर गुरुङ ,
श्रम संस्कृति पार्टीको तर्फबाट विनोद नेम्बाङ्ग लिम्बु ,
ने.क.पा. एमाले पार्टीको तर्फबाट काजीमान कागते ,
नेपाली काँग्रेस पार्टीको तर्फबाट निश्कल राई ,
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विमल गदाल मनोनयन पत्र दर्ता गराउएका हुन । इलाम १ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रण बहादुर राई ,नेपाल जनमुक्ति पर्टीको तर्फबाट डम्बर सिंह लिम्बु ,
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को तर्फबाटनारदमणी साङपाङ ,जनता समाजवादी पार्टीको तर्फबाट लिला बहादुर सुनुवार र संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चबाट राम प्रसाद लिम्बुले उम्मेदवारी मनोनयन गरेका छ्न ।
इलाम क्षेत्र न. २ मा १४ जनाले उम्मेदवारी मनोनयन गरेका छ्न । नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर योङहाङ राष्ट्रिय प्रजातन्त्र पार्टी बाट गणेश प्रसाद दुलाल, मंगोल नेशनल अर्गनाईजेसनबाट श्याम बहादुर लिम्बु,श्रम संस्कृति पार्टीबाट सुदिप राईले उम्मेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
यसैगरी राष्ट्रिय परिवर्तन पार्टी दिवस राई , नेकपा माओवादी बिप्लव बाट होम खतिवडा, नेकपा एमालेबाट सुहाङ नेम्बाङ , राष्ट्रिय जनमुक्ति पार्टीबाट पवित्रा लिम्बु तुम्बाहाम्फे , जनता समाजवादी पार्टी बलबहादुर आङदेम्बे , नेपाली कांग्रेसबाट भेषराज आचार्य , नेपाली कम्युनिष्ट पार्टी ओम गुरुङ , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सादर सिं लिङदेन लिम्बु ,राष्ट्रिय स्वतन्त्र पार्टी गोकुल राई र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवार मनोनयन गरेका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार इलाम क्षेत्र नं. १ र २ मा कुनै पनि उम्मेदवारको विरोधमा उजुरी परेको छैन । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।
माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगको कार्यक्रम रहेको छ ।
प्रतिक्रिया