कोरोना संक्रमणको कारण नेपालमा एकजनाको मृत्यु भएको पुष्ठि , संक्रमितको संख्या २८१ पुग्यो

Share This
  •  
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares
कोरोना संक्रमणको कारण नेपालमा एकजनाको मृत्यु भएको पुष्ठि , संक्रमितको संख्या २८१ पुग्यो

 कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ ।धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएकी थिइन् ।

२५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिधुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिए पछि स्थानीय अस्पतालमा उपचार गरे पनि

स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल आउदै गर्दा बाटो मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड – १९ सग सम्बन्धित परिक्षण र विवरण संकलन गर्दा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।