logo
  • २०८२ आश्विन २३ | Thu, 09 Oct 2025
  • कक्षा १२ को विज्ञान संकायमा जुबिलेन्ट इलाइटका निशान्त श्रेष्ठ    जिल्ला टप

    कक्षा १२ को विज्ञान संकायमा जुबिलेन्ट इलाइटका निशान्त श्रेष्ठ    जिल्ला टप



    इलाम २० साउन : इलाम स्थित जुविलेन्ट इलाइट एकाडेमीका  विद्यार्थी निशान्त श्रेष्ठले कक्षा १२ को विज्ञान संकाय बाट ३.९२ जीपीए प्राप्त गरी जिल्ला टप गरेका छन् ।  
    जिल्लामै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित कक्षा ११ र १२ विज्ञान संकाय सञ्चालनको पहिलो ब्याचबाट नै एकाडेमीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ  । कक्षा १२ को परीक्षामा सहभागी २० जना विद्यार्थीहरूमध्ये निशान्तले  जिल्लामै उत्कृष्ट  नतिजा ल्याएका छ्न । देशभरको अधिकतम जीपीए ३.९६ रहेको सन्दर्भमा, श्रेष्ठको यो नतिजा कोशी प्रदेशमै पहिलो हुनसक्ने विद्यालयको भनाई छ ।
    इलाममै निजी लगानीमा विज्ञान संकाय सञ्चालन गर्नु आफैमा चुनौती रहेको भन्दै विद्यालयका प्रिन्सिपल भुषान्त  सुब्बाले विद्यालयको प्रयास सफल भएको बताउनु भयो ।
    त्यसैगरी अर्का विद्यार्थी प्रसन्न घिमिरे ले ३.७८ जीपीए ल्याउँदै उत्कृष्ट बनेका छन भने सम्पूर्ण विद्यार्थीहरू राम्रै ग्रेडमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।सुब्बाले उच्च लगानीमा  न्यून शुल्कमा सीमित स्रोतको भरमा यो सफलता पाएको भन्दै विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा विज्ञान संकाय इन्चार्जप्रति धन्यवाद दिनु भएको छ । काठमाडौ लगायत जिल्ला बाहिर विद्यार्थी आकर्षण रहेका बेला जिल्ला नै काठमाडौको गुणस्तर दिन प्रयास गरिएको विद्यालय ब्यवस्थापनको भनाइ छ । जुविलेन्ट इलाइट एकाडेमीले स्थानीय स्तरमै गुणस्तरीय विज्ञान शिक्षाको सुरुवात संगै इलामलाई शैक्षिक हब बनाउन लागिरहेको छ । इलाइट शैक्षिक संगै अतिरिक्त क्रियाकलापमा पनि उतिकै सफल बन्दै गईरहेको छ ।



    निगरानी    
  • २०८२ श्रावण २२, बुधबार ०२:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP