काठमाडौं उपत्यकामा लकडाउन १५ दिन थप्ने

काठमाडौं उपत्यकामा लकडाउन १५ दिन थप्ने

काठमाडौं, वैशाख २७ सरकारले काठमाडौं उपत्यकामा लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । आज बसेको उपत्यकाका तीनवटै जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा १५ दिन लम्ब्याउने निर्णय गरेको हो ।२९ वैशाखमा निषेधाज्ञा सकिन लागेकोमा तीनवटै जिल्ला प्रशासन कार्यालयले १५ दिन थपेका हुन् । निर्णयहरुमा उपत्यकामा मानिसको आवत जावतलाई घटाउन १५ दिनका लागि निषेधाज्ञालाई कडी कडाईका साथ लागू गर्न थप आदेश जारी गर्ने निर्णय गर्ने, अक्सिजनको आपूर्ति सहज बनाउन कडाई गर्ने, परीक्षण र कन्ट्याक्ट परीक्षण गर्नेलगायतका निर्णयहरु समेत गरेको छ ।