इलाम , साउन २४ :
राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षाको नतिजामा इलामका विद्यार्थी निशान श्रेष्ठ जिल्ला प्रथम भए संगै जुविलेन्ट इलाइट एकेडेमीले नगद सहित सम्मान गर्ने भएको छ । श्रेष्ठले ३.९२ जिपिए ल्याउँदै नेपालका टप ४ विद्यार्थीहरूमा स्थान बनाएका छन् । उनी कोशी प्रदेशको दोस्रो र इलाम जिल्लाको प्रथम स्थानमा रहन सफल भएका हुन् । जुविलेन्ट इलाइट एकेडेमी इलामका विद्यार्थी श्रेष्ठले ३.९२ जिपिए ल्याउँदै नेपालका टप ४ विद्यार्थीहरूमा स्थान बनाएको र जिल्लामा पहिलो स्थान बनाएकोमा नगद १ लाख सहित सम्मान गर्ने भएको हो। विद्यालयका अनुसार निशान विज्ञान संकायका विद्यार्थी हुन् । सोही विद्यालयका प्रसन्न घिमिरेले ३.७८ जिपिए ल्याएरकोमा विद्यालयले रु २५ हजार नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ ।
उनीहरुलाई आगामी बाल दिवसको दिन सम्मान गर्ने विद्यालयल प्रशासनले जनाएको छ । विद्यार्थीकै मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथका कारण यस्तो उत्कृष्ट नतिजा सम्भव भएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया