logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण

    अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण

    इलाम , ९ असार : १५ औ अन्तर्राष्ट्रिय एकल महिला दिवसको  इलाममा  एकल महिला सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम  आयोजना  गरि मनाइएको छ । 
    मानव अधिकारका लागि महिला, एकल महिला समुह  र महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । सन् २०१० मा संयुक्त राष्ट्र संघले जुन २३ लाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा पारित गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।


    कार्यक्रममा एकल महिलाहरुको समग्र विकास, आर्थिक शसक्तिकरण, सम्मानित जिवनका लागि हरेक स्थानीय तहमा महिला सुरक्षा कोष गठनका लागि जिल्लाका स्थानीय तहलाई आग्रह गरिएको थियो । कार्यक्रममा दिपा आचार्य ढकालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । पछिल्लो जनगणना अनुसार नेपालमा आठ लाख २६ हजार १४७ एकल(विधवा) महिलाहरुको तथ्याकंं छ । यति जनसंख्या हुुँदा पनि नेपाल सरकारले अहिले सम्म पनि एकल महिलाका लागि कुनै पनि स्थानमा कोटाको व्यवस्था नभएको एकल महिलाहरुले गुनासो गरेका थिए ।


    कार्यक्रममा एकल महिलाको अधिकार, सामाजिक सुरक्षा, कानुनी पहँुच, न्याय र सशक्तिकरणका विषयमा गहन छलफल र अन्तरक्रिया गरिएको थियो। सहभागिहरुले आफुले भोगेका समस्या, स्थानिय तहमा भैरेका सीमितताहरु तथा आवश्यक सुधारबारे  धारणा राखेका थिए ।
    कार्यक्रम मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष शुशिला शाक्यको अध्यक्षतब  र  इलाम नगरपालिका वडा नं ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ ।प्रमुख आतिथ्यतामा भएको थियो । यस कार्यक्रमले एकल महिलाहरुको अवस्था नजिकबाट बुझ्ने मौका पाएको र स्थानिय सरकारले गर्न सक्ने सहयोग गर्ने बताउनुभयो ।


    कार्यक्रममा बोल्दै मानव अधिकारका लागि महिला एकल महिला समूहका कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष दिपा आचार्यले सरकारले २०६८ सालमा स्थापना गरेको एकल महिला सुरक्षा बारे जानकारी दिदै उक्त कोष पाचँ प्रकारका महिलाहरुलाई समेट्ने बताउनुभयो । उहाँ अनुसार श्रीमानको मृत्यु भएका महिला, पारपाचुके गरेकी महिला, ३५ वर्ष पूरा भएका महिला, श्रीमान बेपत्ता भएकी महिला र अंश लिएर अलग्गैबस्ने महिला रहेको आचार्यले स्पष्ट पार्नुभयो भने श्रीमानको मृत्यु भएका महिलालाई मात्र एकल महिला सुरक्षा भत्ता दिइने जानकारी दिनुभयो ।सामाजिक संरचना, लैङिक भेदभाव र पहँुचको अभावका कारण उनीहरु अझै पनि विभेद र दुव्र्यवहारको सामाना गरिरहेका छन् । कार्यक्रममा रेनुका फागो , सरिता राई , वसन्ती घतानी लगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा महिला अगुवा, मानव अधिकारकर्मी, एकल महिला प्रतिनिधि तथा सरोकारवाला निकायका उल्लेखनिय रुपमा उपस्थिति रहेको थियो ।



    निगरानी    
  • २०८२ असार ९, सोमबार १७:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP