logo
  • २०८३ बैशाख २६, शनिबार | Sat, 09 May 2026
  • विपद पुर्वतयारीको लागि इलाम नगरपालिका ४ मा स्थानीयलाई तालिम

    • निगरानी
    • २०८२ चैत्र १९, बिहीबार ००:०६ गते
    विपद पुर्वतयारीको लागि इलाम नगरपालिका ४ मा स्थानीयलाई तालिम


    इलाम , चैत  १८:

    विपद व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम  इलाममा सम्पन्न  भएको छ । नवजागृती  महिला समुहको आयोजनामा इलाम नगरपालिका ४ मा  चैत १६ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । तालिमको समापन  इलाम नगरपालिका ४ का वडा अध्यक्ष नुतनदेव दुलालको प्रमुख आतिथ्यता र नवजागृती  महिला समुहकि अध्यक्ष रोशु बानियाँको अध्यक्षतामा भएको थियो ।
    समापन कार्यक्रमका बोल्दै  इलाम नगरपालिका ४ का वडा अध्यक्ष नुतनदेव दुलालले तालिम बाट विपद न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ ।

    तालिम बाट सिकेको विपद पुर्वतयारीमा सहयोग पुग्ने बताउनु भएको छ ।  विपदबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्नका लागि तालिमले सहयोग पुर्याउने भएकोले तालिम प्रभावकारी भएको बताउनु भयो ।  तालिममा  इलाम नगरपालिका ४ का  स्थानीयबासी , टोल विकास संस्था प्रतिनिधि ,विपतमा परेका समुदाय  , विद्यालय व्यवस्थापन समिति ,विद्यालयका सम्बन्धित विषयका शिक्षक, विपद व्यवस्थापन समितिका प्रतिनिधि , जनप्रतिनिधि  सहित ४० जना सहभागी  भएका छन ।

    टेवा काठमाडौको आर्थिक सहयोग , सहयात्रा नेपाल इलाम र इलाम नगरपालिका  ४ को समन्वयमा संचालन भएको तालिममा  सशस्त्र प्रहरी बल इलाम श्री अन्तुका एसपी केशवराज प्याकुरेल र इनिस्पेक्टर योगहाङ पतवङाले  सहजीकरण गर्नुभएको थियोे ।



    निगरानी    
  • २०८२ चैत्र १९, बिहीबार ००:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP